मन्त्री शाहद्वारा तलाउ शिलान्यास


शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु शाहले जनकपुरधामलाई धार्मिक तथा पर्यटकीय नगरीका रुपमा विकास गर्नका लागि विभिन्न तालतलैयाको शिलान्यास तथा उद्घाटन गर्नुभएको छ ।
आज जनकपुरस्थित देवपुरा रुपैठामा रहेको नोची ठाकुर पोखरीको संरक्षण घाट निर्माण तथा सुन्दरताका लागि नोची पोखरीको शिलान्यास गर्नुभएको हो । त्यस्तै उहाँले महाराजसागर पोखरीको घाट निर्माण र मणिमण्डप निर्माणका लागिसमेत शिलान्यास गर्नुभएको छ । त्यसैगरी जनकपुरको जानकी चोकस्थित अंगराज सर सागर पोखरीको घाट निर्माणको उद्घाटनको गर्नुभएको छ ।
नेची ठाकुर पोखरीको संरक्षण घाट निर्माण तथा सुन्दरताका लागि तीन करोड ५५ लाख ४१ हजार ७७४ रुपैया ९५ पैसाको लागत रहेको छ भने सोको निर्माणका लागि ठेक्का हेम÷सावित्री जेभी जनकपुर–९ लाई दिइएको डिभिजन कार्यालय धनुषाका कार्यालय प्रमुख गंगाप्रसाद यादवले बताउनुभयो ।
त्यस्तै महाराजसागर पोखरीको संरक्षण घाट एवं पार्क निर्माण, सौन्दर्यकरण तथा पोखरीको चारैतर्फ बाटो निर्माणका लागि रु तीन करोड ६५ लाख विनियोजन गरिएको कार्यालय प्रमुख यादवले बताउनुभयो ।
त्यसैगरी मणिमण्डपको सौन्दर्यकरण संरक्षणको रु ८० करोडको गुरुयोजना रहेको बताउँदै शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु शाहले मणिमण्डप दरबार, धर्मशाला, सांस्कृतिलगायत विभिन्न गुरुयोजना रहेको र सोका लागि रु ८० करोड छुट्याइएको जानकारी दिनुृभयो ।
उहाँले तत्काल मणिमण्डपको संरक्षण गर्न तारबारले घेरा हाल्नका लागि रु दुई करोड विनियोजन गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?