पत्रकार घिमिरेलाई मातृशोक


‘हिमालय टाइम्स’का समाचारदाता उद्धव घिमिरेलाई आज मातृशोक परेको छ । उहाँकी ७३ वर्षीया आमा मित्रकुमारीको आज बिहान ४ः३१ बजे विराटनगर–१० स्थित आफ्नै घरमा निधन भएको हो । उहाँ लामो समयदेखि अर्बुदरोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका चार छोरा र एक छोरी छन् । नेपाल पत्रकार महासंघ मोरङले घिमिरेकी आमाको निधन भएकामा आज शोक विज्ञप्ति जारी गरी समवेदना प्रकट गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?