विदेशी कलाकारद्वारा वसन्तपुरमा कला सिर्जना


नेपालको कला संस्कृति तथा जनजीवनका बारेमा जानकारी लिएर विभिन्न स्थानमा कला सिर्जना गर्ने उद्देश्यले भारतको वनारसबाट नेपाल आएका कलाकारको समूहले आज वसन्तपुर क्षेत्रमा कला सिर्जना गरेका छन् ।
नेपाल ललित कला मञ्चको आयोजनामा काठमाडौँ उपत्यकाका विभिन्न सम्पदा क्षेत्रमा स्थलगत भ्रमण गरेर नेपाली कलाकारसँग समन्वय गरी उनीहरुले बनाउने चित्रलाई बनारसमा प्रदर्शन गरिनेछ ।
कार्यक्रममा नेपाल लुम्बिनी विश्वशान्ति मञ्च र बिपी कोइराला नेपाल भारत फाउण्डेशनलगायत संस्थाको सहयोग रहेको छ ।
बुधबार सुरु भई यही साउन २२ गतेसम्म जारी रहने कार्यशालामा नारायणहिटी संग्रहालय, चाँगुनारायण, पाइलट बाबा आश्रमलगायतका स्थानमा भ्रमण गराइने कार्यक्रमका संयोजक दीपेन्द्र बनेपालीले जानकारी दिनुभयो ।
नेपाली १० कलाकारको समूह तथा अमितकुमार मेहताको नेतृत्वमा काठमाडौँ आइपुगेको भारत बनारसका ११ कलाकारले संयुक्तरुपमा बुधबार पशुपतिको मृगस्थलीमा कला सिर्जना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?