कगामे भारी मतसाथ पुनः राष्ट्रपतिमा विजय


रुवाण्डामा भएको राष्ट्रपतिको निर्वाचनमा सन् १९९४ को नरसंहारपछि पाउल कगामेले ९८ प्रतिशत मतका साथ पुनः विजय हुनुभएको छ । उहाँ तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
उहाँलाई आठवटा विपक्षी पार्टीले आफ्ना उम्मेदवार नउठाई समर्थन गरेका थिए ।
देशमा स्थिरता र आर्थिक विकास ल्याएको बताउने गरेका उहाँका समर्थकहरुले मतदानपछि आएको परिणाम नतिजा घोषणासँगै देशैभर खुसियाली मनाइरहेका छन् ।
खासगरी विदेशमा बस्ने कगामेका आलोचकहरुले उहाँले डर देखाएर शासन गर्दै आएको बताउने गरेका छन् । जितपछि कगामेले देशको आर्थिक वृद्धिलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
एउटा प्रत्यक्ष टेलिभिजन सम्वोधनमा कगामेल भन्नुभयोे, “रुवाण्डाका नागरिकलाई असर पार्ने विषयहरु हेर्नका निम्ति यो अर्को सात वर्ष हो ।”
कगामेविरुद्ध डेमोक्र्या्टिक ग्रीन पार्टीका फ्रांक हाबिनेजा र स्वतन्त्र उम्मेदवार फिलिप हायीमाना उठेपनि उहाँलाई करिब दुई प्रतिशत मतमात्र खसेको छ । करिब ८ लाख आदिवासी तुत्सी र मध्यमार्गी हुटुको ज्यान लिएको नरसंहारलाई अन्त्य गराउँदै सन् १९९४ मा आफ्नो तुत्सी विद्रोही समूहले राजधानी किगालीमाथि कब्जा जमाएपछि ५९ वर्षीय कगामे सत्तामा पुग्नुभएको थियो । रासस÷ एएफ्पी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?