तत्काल आन्तरिक व्यवस्थापन गरेर कर्मचारी खटाइने


सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले कर्मचारी समायोजन गर्नुभन्दा पहिले आन्तरिक व्यवस्थापन गरेर कर्मचारीलाई खटाउने तयारी भइरहेको बताउनुभएको छ ।
मन्त्रालयमा आज रासससँग कुुरा गदैँ उहाँले तत्कालका लागि स्थानीय तह र प्रदेशका लागि आन्तरिक व्यवस्थापन गरेर कर्मचारी खटाउने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारी समायोजन ऐन आउन ढिला भएकोले स्थानीयस्तरमा काम गर्नका लागि विभिन्न कार्यालयका कर्मचारीलाई आन्तरिक व्यवस्थापनबाट कर्मचारी खटाइने छ ।”  उहाँले कहाँबाट कसरी कर्मचारी पठाउनेबारे अहिले छलफल भइरहेको जानकारी दिनुभयो । अहिले कर्मचारी समायोजनसम्बन्धी विधेयक संसद्मा विचाराधीन छ । उहाँले अहिले समायोजनको मापदण्ड बनाइरहेको जानकारी पनि दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?