‘मंसिरको पहिलो साताभित्र प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नु उपयुक्त’


नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको पूर्ण कार्यान्वयन भए मात्र जनताले खोजेको शान्ति, स्थायित्व र समृद्धि प्राप्त हुने बताउनुभएको छ ।
आफ्नै निवास चन्द्रगढीमा आज आयोजित पत्रकार भेटघाटमा काँग्रेसका पूर्वमहामन्त्री सिटौलाले भन्नुभयो, “नेपाली काँग्रेस संविधानको कार्यान्वयनका लागि स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने पक्षमा छ, निर्वाचनमा कसले जित्यो वा हा¥यो भन्दा पनि पार्टी सबै निर्वाचन सम्पन्न भएर देशमा शान्ति, राजनीतिक स्थायित्व र देशको समृद्धिको पक्षमा छ ।”
आगामी मंसिरको पहिलो साताभित्र प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नु उपयुक्त हुने बताउँदै उहाँले भन्नुभयो, “काँग्रेस नेपाल र नेपाली जनताले जितेको हेर्न चाहन्छ ।” उहाँले सबैका माग र चाहनालाई सकेसम्म सम्बोधन गरेर मात्र राष्ट्रिय एकता कायम गर्न सकिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?