धार्मिक मार्गको सफाइ शुरु


गोसाइँकुण्डको धार्मिक मार्गमा सफाइ कार्य शुरु गरिएको छ ।
समाजसेवी एवं रेडपाण्डा होटल चन्दनबारीका प्रबन्ध निर्देशक सुब्बा लामाका अनुसार धुन्चेको त्रिशूली नदीदेखि गोसाइँकुण्डसम्मकै स्थानमा सरसफाइ कार्य शुरु गरिएको हो ।
धार्मिक मार्गका प्रायः जसो ठाउँमा रेडबुल फ्रुटीका बट्टा, प्लास्टिक झोला, पुराना चप्पलजस्ता फोहर वस्तु यत्रतत्र छरिएको देखिएकाले सफाई कार्य थालिएको हो । यो कार्य सम्पन्न गर्न १५ दिन लाग्ने बताइएको छ ।
गोसाइँकुण्ड धार्मिक मार्गमा १७ होटल रहेकाले आगामी दिन सरसफाइको काममा सबैलाई सरिक गराउन व्यवसायीबीच गोलाप्रथा गरिने र प्रत्येक होटलवाला सहभागी गराइने प्रबन्ध निर्देशक सुब्बा लामाले बताउनुभयो ।
यस्तै, धार्मिक यात्रुको बाह्रै महिना आगमन भइरहने गोसाइँकुण्ड मार्गको सरसफाइ अभियानमा सहयोग गर्न चाहने व्यक्ति वा सङ्घसंस्थालाई पनि सहभागी गराइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?