नागेश्वरमा ७५ हजार भक्तजन


कामपा पेप्सीकोलास्थित नागेश्वर मन्दिरमा आज पनि हजारौँ भक्तजनको सहभागिता रहेको छ ।

साउने सोमबारका दिन आज भारतीय दूतावासका पदाधिकारी, भारतीय नेता, भारतीय भक्तजनका साथै नेपाली भक्तजन गरी करिब ७५ हजारले पूजाआजा र दर्शन गरे ।

मन्दिरमा यस वर्षका साउन महिनाका पाँचै सोमबार गरी करिब दुई लाखले दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?