सिएरा लियोनमा पहिरोमा परी तीन सयभन्दा बढी व्यक्तिको मृत्यु, कैयौँ बेपत्ता


सिएरा लिओनमा व्यापक बर्षापछि आएको बाढी र पहिरोमा परी सोमबार ३०० भन्दा बढी व्यक्तिको मृत्युभएको छ ।
एएफपीका घटनास्थलमा उपलब्ध सम्वाददाताले जनाए अनुसार सोमबार साँझ समाचार तयार पार्दासम्म ३१२ मृत शरिरलाई घटनास्थलबाट स्थानीय एक अस्पतालमा पु¥याइएको छ ।
सिएरा लियोनको राजधानी फ्रिटाउनको पश्चिमी भाग रेजेन्टमा दर्जनौं घरहरू पुरिएका जनाउदै उनले सो ठाउँमा सयौँ मानिस पुरिएको प्रारम्भिक जानकारी रहेको जनाएका छन् ।
व्यापक बर्षापछि ठूलो पहाड मानवबस्तीमा खस्दा सयौँको माटोले पुरिएर निधन भएको यहाँका उपराष्ट्रपति भिक्टर बोकारी फोहले जनाउनुभयो । पहिरोले धेरै घर पुरेको छ भने पहिरोमा पुरिएका मानिसहरूको उद्धार जारी रहेको छ, फोहले बताउनुभयो ।
घटनामा थुप्रै अन्य मानिस परेको हुनसक्ने जनाइएको छ ।
पहिरोबाट ३०० भन्दा बढी लासहरू उद्धार गरी कोन्नाट अस्पतालको मूर्दा घरमा पु¥याइएको अस्पताल स्रोतले जनाएको छ ।
उद्धारमा सेना तथा प्रहरीका सयौं अधिकारी तथा स्थानीय स्वयम्सेवक खटाइएको सिएरा लियोनको राष्ट्रिय टेलिभिजन च्यानलले जनाएको छ ।
घटना राति सुतिरहेको समयमा भएकाले कैयौँ व्यक्ति निदाएका वेला घरभित्र पुरिएका थिए । रासस÷ एएफ्पी ÷एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?