श्रीलंकामाथि दक्षिण अफ्रिकाको शानदार जित


श्रीलंकामाथि ९६ रनको जित दर्ता गर्दै दक्षिण अफ्रिकाले आइसीसी च्याम्पियन्स ट्रफी सुरु गरेको छ ।

पाकिस्तानमा जन्मिएका इम्रान ताहिरले उत्कृष्ट बलिङ गर्दा दक्षिण अफ्रिकाले २९९ रनको योगफल सहजतापूर्वक रक्षा ग¥यो । ३।१७ को इकोनोमी बलिङ गरेका ताहिर एक्लैले श्रीलंकाको चार विकेट झारेका थिए । चार विकेट बाहेक उनले उत्कृष्ट रनआउट पनि गरेका थिए । तीन सय रनको लक्ष्य पछ्याएको श्रीलंकाका लागि कप्तान उपुल थरानाले सर्वाधिक ५७ रन बनाउँदा, कुशल परेराले ४४ रन र निरोशन डिकवेलाले ४१ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा २९९ रन बनाएको थियो । ४४ रन हुँदा क्वीन्टन डिककलाई ब्यक्तिगत २३ रनमा गुमाएको दक्षिण अफ्रिकाका लागि हसिम अमला र फाफ डु प्लेसिसले दोस्रो विकेटका लागि १४५ रनको बलियो साझेदारी गरेका थिए । डु प्लेसिस ७५ रन बनाए भने अमलाले १०३ रन बनाएका थिए । अमलाको यो २५ औं एक दिवसिय सतक हो । जेपी डुमिनीले पनि ३८ रनको योगदान दिए । खेदको म्यान अफ द म्याच ताहिर घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?