भारतलाई दियो नेपालले १८६ रनको चुनौति


काठमाडौं– यु–१९ एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसामु १८६ रनको चुनौति पेश गरेको छ ।

मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा एक १८५ रन बनाएको हो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ८८ रन बनाए । यस्तै जितेन्द्र सिंहले ३६ तथा भीम सार्कीले १५ रन बनाउँदा अरु ब्याट्सम्यान खासै चल्न सकेनन् ।
भारतका आदित्य थाकरे र अभिषेक शर्माले दुई दुई विकेट लिए ।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?