विराटनगर नयाँ जनशक्तिद्वारा प्रतिबद्धतापत्र सार्वजनिक


विराटनगर, २६ कात्तिक, नयाँ जनशक्ति पार्टी, नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई कार्यकारी बनाउनेसहित १ नं प्रदेशको प्रतिबद्धतापत्र आज सार्वजनिक गरेको छ ।

पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका १ नं प्रदेश संयोजक राजेन्द्रकुमार किरातीले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै विभिन्न चरणको जनआन्दोलनको भावनाअनुसार संविधान संशोधन गरी सबैको स्वीकार्य बनाउने बताए ।

“राष्ट्रिय एकता र आर्थिक समृिद्धको बाटोमा पार्टी अगाडि बढेको छ, संघीयता, धर्मनिरपेक्षता, सामाजिक सद्भाव कायम राखी आदिवासी जनजाति, मधेशी, दलित जातिलाई समेट्नुपर्नेमा पार्टीले जोड दिएको छ,” उनले भने ।

आफ्नो पार्टीले धनकुटाबाहेक १ नं प्रदेशका सबै स्थानमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार उठाएको बताए ।

पत्रकार सम्मेलनमा मोरङबाट प्रतिनिधिसभातर्फ क्षेत्र नं ६ की उम्मेदवार विमला अर्याललगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?