पर्वतमा तिवारी र लम्सालको चर्को प्रतिशपर्धा ?लम्साललाई आरोप पाडापाडीको ।


काठमाडौं । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेसशभाको निर्वाचनमा तिवारी र लम्सालको चर्को प्रतिशपर्धा हुदैं छ ।सबै वर्ग समुदायमा सामेल भएर हरेक समुदायको विकास उन्नतिका लागि अगि बढने तिवारी अहिले नेपाली काँग्रसको रुख चिन्ह लिएर लोकतान्त्रिक गठबन्धनबाट चुुनावी मैदानमा उत्रिएका छन ।

समाजसेवालाई उचाईमा पु¥याउनका लागि राजनिति अँगालेका तिवारी आफ्नो तिन पुस्ता अगाडि देखिको काँग्रसलाई नै अँगालेर अगाडि बढेका छन ।

तिवारी राजनिति भन्दा पनि समाजसेवा अलि बढि देखा पर्ने हुनाले उनि गत २०७२ बैशाख १२ को भूक्म्पमा उने सरकारको कुनै प्रवाह नगरी आफ्नै पकेट बाट भुक्म्प पिडितलाई राहत बाढेका थिए भने अर्कातिर त्यस ठाउँका प्रतिनिधि विकास लम्साल केही दिनपछि मात्र त्यस ठाउँमा पुगेको स्थानिय स्रोतले जनाएको छ । स्रोत भन्छ लम्सालले सरकारको राहत लिएर आएपनि आफ्नो पार्टि समर्थक कार्यकर्तालाई मात्र वितरण गरेको आरोप लगाए ।

राजेन्द« तिवारी समाजसेवा,राजनिती सँगसँगै उनी वौद्धिक क्षमता भएका एक शक्तिशाली व्यक्ति पनि हुन । उनले पूर्वाधार विकासको क्षेत्रमा करिव २ दशक लामो समय विताएका छन । उनले पर्वतवासी युवाहरुलाई खेलकुदमा सहयोग गरी युवामाझ ठुलो भुमिका निभाएका एक स्रष्टा व्यक्तित्व हुन । तिवारी भन्छन पर्वतमा विकासको ढोका खोल्न आवश्यक छ । युवापलाएनलाई न्युनिकरण गरि पर्वतलाई एक समृद्ध विकासको बाटो तर्फ अगाडी बढाउने आफ्नो उद्देश्य रहेको दाबी गरे ।

उनि भन्छन पर्वतमा कालिगण्डकी नदीमा हाई«ोपावर निर्माण गरेर समृद्धि ल्याउने, फलेवास जस्ता समथर फाँटमा कृषि फर्महरु सञ्चालन गर्ने, जिल्लाका धुले वाटोहरु कालोपत्र गर्ने, सबै गाउँमा खानेपानीको व्यवसथा गर्ने, गरिव र विपन्न तथा वेरोजगार यूवाहरुलाइै रोजगार र भत्ताको व्यवस्था गर्ने, पर्वतमा रहेका लघुउद्यमको विकास गर्ने, भूकम्प पीडितलाई उचित रुपमा राहात दिने, दलित समुदायलाई राज्यको सबै अधिकार दिलाउने जस्ता महत्वपूर्ण काम पुरा गर्न आफुले योजना बनाएको र यसलाई पुरा गर्न आफु चुनावी मैदानमा रहेको समेत पुष्टि गरे।

उनि भन्छन ‘एमाले र माओबादी संग पनि विकासका सपना होलान उहाँहरुको पनि म सहयात्री हुँ मैले जित्नु भनेको एमाले र माओबादीले पनि जित्नु हा’े उनले भने । तिवारी काँग्रेस माझ मात्रै होईन एमाले र माओबादी केन्द्रका कार्यकर्ताका पनि प्रिय पात्र हुन् । उनलाई एमाले र माओवादीका कार्यकर्ताहरु पनि भोट हालेर विजयी गराउन आतुर छन् भने अर्कोतर्फ लम्सालले साँसद हुँदा राज्यकोषको चरम दोहन गरेको आरोप छ । उनले निर्वाचन क्षेत्र विकास कार्यक्रम नातागोतामा वितरण गर्ने गरेको आरोप एमाले वृतवाटै सुन्ने गरिन्छ । कयौँ विद्यालयलाई वोलेको सहयोग नगरेको आरोप पनि उनीमाथी लागेको छ । पाडापाडी पाल्ने नाममा, भु संरक्षण कार्यालयको पोखरी देखाएर वजेट निकाशा गरेर हिनामिना गरेको जस्ता उनको आलोचनाका उदाहरण हुन् । उनी चुनावमा गरेको खर्च गाउँ कमिटिलाई भिराएर अझै भुक्तान नगरेको भन्दै आलोचनाको शिकार भएका छन् ।

विकास लम्साल परिवारवादमा फसिँदा एमाले भित्रै आलोचक वनेका छन् । फलेवास नगरपालिकामा श्रीमती मन्जु अधिकारीलाई उपमेयरको उम्मेदवार वनाउँदा देखि उनको आलोचना पार्टिभित्रैवाट कडा रुपमा आउन थालेको छ । यसकारण लम्सालका भोट काटिन सक्ने सम्भावना रहेको आलोचकहरु बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?