मुलुकको समृद्धिका लागि वाम गठबन्धनःनायक


लहानःनेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य अजयशंकर नायकले नेकपा(एमाले) र माओवादी केन्द्रलगायत दलबीचको वाम गठबन्धन मुलुकको समृृद्धिका लागि भएको जिकिर गरेका छन ।

सिरहा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका पूर्वमन्त्री नायकले मिर्चैया नगरपालिका– ७ स्थित फूलबरियामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै वाम गठबन्धन व्यक्तिगत स्वार्थका लागि नभई जनताको जनजीविका, गरिबी, बेरोजगारी समस्या समाधान र मुलुकको समृद्धिका लागि भएको बताए ।

उनले भने,“एमाले र माओवादी दुवै दलबीच मधेशी, थारु, आदिवासी, जनजाति, महिला, मुसलमानलगायत उत्पीडित वर्गको अधिकारलाई संविधान संशोधनमार्फत थप समाविष्ट गर्ने प्रतिबद्धतासहित गठबन्धन निर्माण भएको हो ।”

जनजीविका र आधारभूत आवश्यकतापूर्तिका लागि गठबन्धनले स्थिर सरकार निर्माणको संकल्प गरेको बताउँदै उनले वाम गठबन्धनले मात्र मुलुकलाई समृद्ध बनाउन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?