लगातार वर्षाका कारण मलेसिया र नेपाल बिच खेल हुन सकेन


काठमाडौं ।मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा आज नेपालको र आयोजक मलेसियाको दमदार प्रतिस्पर्धा हुँदैछ तर खेल भने सुरुवात हुन पाएको छैन लगातार वर्षँ भएपछि खेल नभएको हो ।

नेपाल र मलेसियाबीचको खेल नेपाली समयअनुसार सवा ७ बजे सुरु हुनुपर्ने भए पनि वर्षाका कारण अझै सुरू नभएको एसिसीले जनाएको छ। खेल हुने मैदानमा वर्षा भईरहेको र वर्षा रोकिएपछि मात्र खेल सञ्चालन हुनेछ ।

नेपाली टिमका मुख्य प्रशिक्षक विनोद दासले मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने बताएका छन्। उनले भने “हाम्रो लक्ष्य भनेको उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्ने हो । हाम्रो लागि भारत र बंगलादेशको खेलले पनि महत्व राख्छ । तर, हामी पहिलो इनिङ्स राम्रो गर्नेछौं । हामी उत्कृष्ट जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छौं । किनकी हामी पनि बलियो टिम हो भन्ने सन्देश दिन चाहन्छौं ।”

एसिया कपको सेमिफाइनल पुग्नका लागि पनि नेपाललाई जित्नैपर्ने दबाब छ। मलेसियालाई भारी अन्तरले पराजित गरेको खण्डमा नेपालको सेमिफाइनल यात्रा बलियो हुनेछ । चिरपरिचित मलेसियालाई नेपालले दुई महिनाअघि उसकै घरेलु मैदानमा १० विकेटले पराजित गरेको थियो।

समूह ए मा रहेको नेपाल एक खेलमा जित र एक खेलमा हार बेहोर्दै तेस्रो स्थानमा छ ।

आज अर्को खेलमा बंगलादेशले भारतलाई जितेको खण्डमा र नेपालले मलेसियालाई पराजित गरेमा नेपाल र बंगालदेश सेमिफाइनलमा प्रवेश गर्नेछन्। तर बंगलादेश भारतसँग पराजित भएमा नेपालले मलेसियालाई पराजित गरेको खण्डमा भारत, नेपाल र बंगलादेशको समान ४–४ अंक हुनेछ। त्यसपछि राम्रो रनरेटको आधरमा शीर्ष दुई छानिनेछन्।

दुबै खेलमा जित हात पारेको बंगलादेश समूहको शीर्ष स्थानमा रहेको छ ।

एक खेलमा जित र एक खेलमा हार बेहोरेको भारत नेपाल भन्दा नेटरन रेटको आधारमा दोस्रो स्थानमा रहेको छ ।

कठिन मानिएको समूहमा रहेको नेपालले पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भारतलाई हराएर सनसनी मच्चाएको छ। टेष्ट राष्ट्र भारतलाई नेपालले पहिलो पटक पराजित गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?