गान्धी र गणेशमान


युगनाथ शर्मा पौडेल
नेपाली जनआन्दोलनका गान्धीबादी नायक गणेशमान सिंह जसले देशमा हतियारको प्रयोग बिना महात्मा गान्धीको शैलीमा शान्तिपूर्णरुपमा अहिंसात्मक जनआन्दोलनबाट जनतालाई शक्तिशाली बनाउने अभियान चलाएका थिए आज उनको पुण्यतिथि हो तर यस्तो लाग्छ देशको चेतनशील समाजले उनको बारेमा जसरीस्मरण गर्नु पर्ने हो त्यसरी गरेको छैन  । त्यसो त गणेशमान सिंहको कुरा गर्दा साउन र भाद्र महिना भएकोले बी पी कोइराला र पुष्पलालको पनि कुरा गर्नुपर्ने हुन्छ । नेपाली जनक्रान्तिलाई अगाडि बढाउने सबालमा पुष्पलालसँग वीपी कोइरालाका केही रणनीतिगत मतभेदहरू थिए त्यो कुराले पनि नेपालमा पञ्चायतले लामो आयु पाएको थियो भन्ने दाबीमा केही बलियो तर्कहरू छन तर बास्तबिकता के हो भने तात्कालिक अबस्थामा नेपाली बामपन्थीहरूको चरित्र बाहिर बाहिर कागे्रस बिरोध र भित्र भित्र दरबारलाई बलियो बनाउने रणनीतिमा पनि काम गरिरहेका हुन्थे । त्यसैले नेपाली बामपन्थीहरूमाथि बी पी कोइरालाको अबिश्वास अस्वाभाबिक थिएन किनकी बामपन्थीहरू बिश्वास गर्न लायक भइसकेका थिएनन उनीहरू गणेशमान सिंहको शब्दमा पाटेबाघ जस्ता देखिन्थे जो दाया बाया पूर्ब पश्चिम जताबाट हेरेपनि एउटै देखिन्थे  । केबल नेपाली बामपन्थी आन्दोलन मात्र होइन बिश्वको बामपन्थी आन्दोलनमा पनि त्यो प्रकारको अन्यौलहरू थिए त्यसैले पनि बी पी कोइलारालले कम्युनिष्टहरूलाई भन्दा आफु बिरुद्ध भएको दरबारलाई धेरै चिढाउनु चाहनु भएन र राष्टिय मेलमिलापको नारा लिएर आफनो ज्यान जोखिममा राखेर स्वदेश प्रबेश गर्नु भएको थियो ।

अफगानिस्तानमा तत्कालिक साम्यवादी वृत्तको नायक सोभियत संघको सैन्य हस्तक्षेप अफगानिस्तानका कथित राष्ट्रवादी वापमन्थीहरूको निम्तोमा भएपछि वीपी र गणेशमान सिंहले त्यसलाई गम्भीरताका साथ लिनु भएको थियो । त्यो वीपी कोइरालाको निर्णयलाई गणेशमान सिंहले साथ दिनु भएको थियो । त्यसो त पुष्पलाल पनि नेपाली कम्युनिष्ट आन्दोलनको शिखर पुरुष नै थिए जसले काग्रेस बाम एकताको नारा लगाएका थिए तर बी पी कोइरालाको निधन पछि २०४६ सालमा जन आन्दोलनका कमाण्डर गणेशमान सिहले काग्रेस र बामपन्थीबीचको एकतालाई नेतृत्व दिनु भएको थियो त्यसअर्थमा आजका दिनमा पुष्पलाललाई स्मरण गर्ने बामपन्थीहरूले पनि गणेशमानले २०४६ सालमा दिएको नेतृत्वलाइ स्मरण गर्न बिर्से भने त्यो पुष्पलाल प्रति पूर्ण श्रद्धाञ्जली हुन सक्दैन त्यो आधा श्रद्धाञ्जलीमात्र हुनेछ । गणेशमान सिह जो बी पी कोइरालाका अन्यन्न सहयोगी नै थिए भने पुष्पलालले उठाएको बाम काग्रेस एकताको निष्कर्ष दिने नायक पनि थिए तर के नेपाली बामपन्थीहरूले गणेशमान सिंह जिबीतै रहंदा उहालाई सहयोग गरे पक्कै पनि गरेनन । गणेशमान सिहले भने जस्तै नेपाली बामपन्थीहरू पाटेबाघ जस्ता छन उनीहरूको रुप अनुमान गर्न कठिन छ तर पुष्पलाल पछिल्लो पुस्ताका पाटेबाघरुपी कम्युनिष्ट चरित्र भन्दा फरक थिए त्यसैले उनी आज सबैका सम्मानका पात्र बनेका छन । त्यसो त आजका दिनमा महात्मा गान्धी, बी पी र गणेशमानलाई बुझने नेपाली पुस्ताको यो देशमा अभाब भइसकेको छ किनकी आजको नया पुस्ताले त्यसमा गहन अध्ययन गरेको अबस्था छैन । आजको पुस्ताले प्रधानमन्त्री परित्याग गर्ने चाहे ती महात्मा गान्धी हुन् चाहे ती गणेशमान सिंह हुन् उनीहरूको त्यागको बारेमा बुझ्न सकेन यो विश्व राजनीतिको दुःखद पक्ष हो ।

आजको दिनमा देशमा त्यस्तो कुनै नेता छैन जसले देशको जनआन्दोलन र तात्कालिक राजा समेतले प्रस्ताव गरेको प्रधानमन्त्री पद अस्वीकार गरेको होस केबल भारतका महात्मा गान्धी बाहेक ।,तर के गणेशमान सिंहलाई त्यो उचाइमा देशले सम्मान गरेको छ त ? छैन । किनभने यो देशको इतिहास भिमसेन थापाको मूल्याकन नगर्ने देशका रुपमा लिपिबद्ध भइसकेको छ त्यसैले आजको यो पुस्ताको बारेमा गुनासो गर्नुको कुनै अर्थ छैन तर पनि सन्दर्भले यो कुरालाई उठाउनु पर्ने देखिएको हो । चार शहिदसमेत थीरबम मल्ल वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भटराई सुबर्ण शमशेर सूर्य प्रसाद उपाध्याय मात्रिका प्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला,महेन्द्र नारायण निधि, मनमोहन अधिकारी, पुष्पलाल सीके प्रसाई, सरोज प्रसाद कोइराला, दिबान सिंह राई, योगेन्द्रमान शेरचन, राम नारायण मिश्र, परशुनारायण चौधरी गजेन्द्रनारायण सिंह भीम बहादुर तामाड धीर बहादुर गुरुड यज्ञ बहादुर थापा भीम नारायण श्रेष्ठ अरबिन्द ठाकुर लगायतका धेरै ज्ञात अज्ञात शहीद र राजनेताहरूको भूमिका देशको यो चेतनाका लागि महत्वपूर्ण रहेको छ यीनीहरू इतिहासका सम्मानित पात्रहरू हुन उनले देशलाई केही दिएर नै गए तर लिएर गएनन  ।तर आज देशले आफना नायकहरूलाई भुृल्न थालेको आभाष भएको छ । जब समाजले देशका नायकहरूलाई भुल्न थालिन्छ त्यतीबेला इतिहास पनि बेचिन्छ । इतिहास बेच्नेहरूले देश बनाउन सक्दैनन देश बनाउने नारा केबल आडम्बर मात्र हुनेछ ।

एउटा युवाहरूको जमातले बुझनु पर्ने कुरा के हो भने बी पी कोइराला गणेशमान सिंह कृष्ण प्रसाद भटराइ गिरिजा प्रसाद कोइराला महेन्द्रनारायण निधि मतृका प्रसाद कोइरालादेखि लिएर सी के प्रसाई र भीम बहादुर तामाडसम्मका पुस्ताले देशलाई धेरै कुरा दिएका छन । उनीहरूको योगदालाई कम आक्न मिल्दैन । उनीहरू केबल एक पार्टीका मात्र होइन सबै नेपाली नागरिकका नायक थिए । आज देशमा धेरै नायकहरूका नाममा स्मृति ग्रन्थहरू बनेका छन्, सालिकहरू बनेका छन् । संग्रहालय बनेका छन स्मरणहरू गरिएका छन् । तर तीमध्येका एउटा महानायक जसले बी पी र पुष्पलालबीचको खाडल समेत पुरेर प्रजातन्त्रबादीहरूले बामपन्थीहरूलाई छोइछिटो गर्नु हुन्न भन्ने धारणा अगाडि बढाएका थिए ती एक मात्र नेता थिए गणेशमानसिंह । त्यो एकमात्र नेता गणेशमान सिंह थिए भन्ने कुरा बुझेनका लागि यो पुस्तालाई पनि केही समय लाग्न सक्छ । किनकी राणा र राजाहरू को तानाशाही शासन हटाउनका लागि उनले गरेको त्याग र बलिदान केबल यी साधारण पंक्तिहरूमा उल्लेख गर्न सकिदैन  । उनले राणा शासनपछिका तीनवटा राजासँग संघर्ष गरेको कुरा इतिहासकारहरूले कसरी सुरक्षित गर्लान् ? त्यो त अहिलेका लागि इतिहासकारहरूलाई नै छाडि दिउ यद्यपी नेपाली जनताले बी पी कोइराला , समेत गणेशमान सिंहको इतिहासलाई देशले जन्माएको नायकका रुपमा स्मरण गर्ने छन् ।

आजको नेपाली इतिहासमा यदि बी पी कोइराला गणेशमान सिंह कृष्ण प्रसाद महेन्द्रनारायण निधि गिरिजा प्रसाद कोइराला समेतको नाम उल्लेख गरिएन भने त्यो इतिहास इतिहास हुनेछैन त्यसैले आजको दिनमा इतिहासकारले पनि यो कुरामा आफुलाई एक ठाउमा राख्नु पर्छ । आजको दिनमा सम्झनु पर्ने कुरा के हो भने महात्मा गान्धी कसैसंग झुकेनन भारतको शक्तिशाली प्रधानमन्त्री उनलाई सहज रुपमा प्राप्त भएको कुरा हो तर उनले त्यो अस्वीकार गरिदिए तर कसैसँग झुकेनन् र अगाडि बढे बढिरहे ठीक त्यस्तै नेपालमा पनि गणेशमान सिंह जनआन्दोलन र तात्कालिक शक्तिशाली राजाले दिएको प्रधानमन्त्री पद अस्वीकार गरे र राजनीतिक रुपमा आफना अनुयायीहरूलाई पदकोलागि लुछाचुडी नगर्न बलियो शन्देश दिए तर उनको अनुयायीहरूले त्यसलाई उल्टो रुपमा बुझे ।आजको दिनमा प्रधानमन्त्री देउवालाई मन्त्रीको सूचि ठूलो बनाउन दबाब दिन उनकै अनुयायीहरू ह्ुन अरु दलका मानिस हुन उनीहरूले गणेशमानको सन्देश बुझेनन तर पनि धेरै दुःखको कुरा उनका अनुयायीहरूले यो कुरालाई बुझ्न सकेनन्  वा बुझाउन चाहेनन । त्यसैले जीवनको अन्तिम क्षणमा उनी अरुसँग होइन् आफ्नै भन्ने सँग पनि असन्तुष्ट रहे गणेशमान सिंहले जीवनभर संघर्ष गरेको पार्टीभन्दामाथि उठने साहसिक घोषणा गरे त्यो नै उनको बलियो बैचारिक अडान थियो एउटा लौहपुरुषका रुपमा  । एउटा राजनीतिक क्रान्तिको नेतृत्व गर्ने नायकले देशमा आर्थिक तथा सामाजिक क्षेत्रमा क्रान्तिको आवश्यकता महसुस गरेका थिए । सबै जातजाती र भाषा भाषी र क्षेत्रका नागरिकलाई उनीहरूको राष्टियताको बिकास गरिनु पर्ने कुरा गणेशमानलाई गनगने कुरा गर्ने भनियो तर त्यो कुरा नै पछिल्लो दिनमा माओबादी हिंसाको उदगम आधार बन्यो । गणेशमान सिंह बास्तबिक अर्थमा सबै जात जाती र भाषा भाषीका नेता थिए । त्यतीमात्र होइन सत्तामा केबल एक जात वा दुइ जात हाबी भएर मात्र देशको राजनीति अगाडि बढदैन र नेपाली जनताको हित गर्न सक्दैन, भन्ने धारणाका साथ देशका नायक थिए ।

आजको दिनमा देशमा आएको नया संबिधानले देशको सबै भूभागका बासिन्दाहरूको भावनालाई समेटेर संबिधानमा अपुरो पक्षलाई सशोधन गरिनुृ पर्छ भन्ने कुरामा पनि गणेशमान सिंहबाट धेरै सिक्नु पर्छ । यदि गणेशमान सिंह भएको भए मधेशी नागरिकलाई रुवाएर संबिधान जारी गर्ने कुरा गर्ने थिएनन तर उनका अनुयायीहरूले उनको भावना बुझनै सकेनन । त्यसैले गणेशमानबाट आजको राजनीतिक पुस्ताले धेरै कुरा सिक्नु पर्छ । पछिल्लो दिनमा मधेशका नागरिक स्थानीय निर्बाचनमा भाग लिएर उत्साहित भएका छन तर उनीहरूले हिजोको दिनमा उठाएका मागहरू उनीहरूले छाडेको भनेर बुझने काम आजको राजनीतिक पुस्ताले गरेको अबस्थामा त्यो भयानक दुर्भाग्यपूर्ण हुनेछ । मधेशी जनजाती र थारुहरूले उठाएका माग नजायज थिएनन त्योृ सत्यलाई स्वीकार गर्नु पर्छ । फेरि पनि आजको नेपालको संबिधानलाई सबै नेपालीको दस्ताबेज बनाउने कुरामा , गणेशमानबाट सबै पक्षले सिक्नु पर्छ । जनता आफै जनार्दन हुन उनीहरू कसैका पेवा होइनन यो कुरा गणेशमान बाट नेपाली नेताहरूले सिक्नु पर्छ ।नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले पछिल्लो दिनमा मधेशको असन्तुष्टिलाई सम्बोधन गर्ने साहस गरेर बिगतमा भएका सबैका कमजोरीलाई सच्याउने साहस गरेका छन त्यसकालागि शेर बहादुर देउवा बधाइका पात्र छन यद्दपी भलै उनले त्यो त्यागमा ठूलो मन्त्रीपरिषद समेत बनाएका छन तर यो कुरा ठूलो होइन उनले बिभाजित देशलाई राष्टिय एकताको सूत्रमा बाध्ने कोशिस अगाडि बढाएका छन  ।

देउवाले धेरैतिरको आलोचना सहेर भएपनि राष्टिय एकता बलियो बनाउन जुन सहमतिको राजनीतिलाई अगाडि बढाउन जुन प्रकारको पहल गरेका छन उनले यो कुरा गणेशमान सिंहको २०४६ सालको आन्दोलनमा बामपन्थीहरूलाई सगै लिएर हिडेको इतिहासबाट सिकेका छन यो समयको आबश्यकता थियो । हुन त २०६२ सालमा गिरिजा प्रसाद कोइरालाले पनि गणेशमान सिंहको त्यो पदचिन्ह पछाएको हुन । जहा सात दल र माओबादीले एउटै मञ्च खडा गरेका मात्र होइनन हतियारधारी माओबादीहरू हतियारले थाकेर शान्तिपूर्ण आन्दोलनमा आए भने सात दल पनि माओबादीलाई आतंकबादी भन्ने पूर्ब अडान त्यागेर उनीहरूप्रतिको छोइछिटो त्यागेर माओबादी समेतको अहिसात्मक आन्दोलनमा भाग लिए जसले हिजोको दिनमा सहमतिको राजनीतिलाई अगाडि बढाउन सहजता प्रदान गरेको थियो । तर आजको दिनमा उठेका प्रश्न हिजै गणेशमान सिंहले छोडेको प्रश्न हो गणेशमान सिंहले भन्नुहुन्थ्यो अर्थिक सम्पन्नता बिनाको राजनीतिक स्वतन्त्रताले भयानक अराजकता ल्याउन सक्छ । त्यसैले अर्थिक क्रान्तिमा ध्यान दिउ । आजको दिनमा नेपालका दुबै छिमेक बुलेट ट्रेनको युगमा पुगीसके हामीले जनकपुरको रेललाई यात्रुबस्ने पनि बनाउन सकेका छैनौ गणेशमान सिंहबाट हामीले नसिकेको ठूलो कुरा यही हो । उनले हामीलाई कुर्सीकोलागि होइन देशको लागि त्याग गर भनेर सिकाए तर हामीले गणेशमान सिंहको त्यो कुरा सायद आज पनि बुझेका छैनौ ।यो भन्दा दुर्भाग्यको कृुरा के हुन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?