झापाले सिजन दोस्रो गोल्डकपका लागि पोखरा ११ बाट विजयको सुरुवात


काठमाडौं ।पूर्वमा हुने सिजन दोस्रो गोल्डकपका लागि झापा ११ ले पोखरा ११ माथि गोलको वर्षा गर्दै विजय सुरुवात गरेको छ ।
मंगलबारदेखि झापाको झिलझिलेमा शुरू भएको खेलमा झापा ११ ले पोखरामाथि ५(०को रवाफिलो जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

खेलको पहिलो हाफमै ३(० को अग्रता लिएको घरेलु टोली झापा ११ दोस्रो हाफमा थप दुई गोल गर्दै एक पक्षीय खेलमा ५(०को जित दर्ता गरेको हो।

पाएको एउटा पेनाल्टीसमेत गोल गर्न नसक्दा पाहुना टोली पोरखाले फराकिलो अन्तरमा पराजय बेहोर्दै घर फर्कनु पर्‍यो।

झापाको जितमा पहिलो हाफको १२ औं मिनेटमा विदेशी खेलाडी मार्टिन अजयले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। त्यसको ५ मिनेट पछि कर्ण लिम्वुले गोल थप्दै टिमलाई २(० को अन्तरमा पुर्‍याए। लगत्तै विशाल राई ९ए० ले डि बक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेपछि पहिलो हाफमै झापा ३(०ले अगाडि बढ्यो।

पोखरामाथि झापाको आक्रमण दोस्रो हाफमा पनि रोकिएन।दोस्रो हाफको १२ औं मिनेटमा गिल्सन कन्दङ्गवाले गोल गर्दै खेललाई ३(० मा पुर्‍याए। दोस्रो हाफको ३३ औं मिनेटमा कर्ण लिम्वुले व्यक्तिगत दोस्रो गोल गरेपछि झापाले फराकिलो अन्तरको जित आत्मसाथ गर्‍यो।

झापा ११ का खेलाडी मार्टिनले पोखराका विष्णु गुरूङ्गलाई डि एरिया भित्र फल गरे पछि पाएको पेनाल्टीसमेत पोखराका कप्तान विष्णुले मिस गरे। उनको फितलो प्रहार गोलपोष्टबाट बाहिरिएको थियो।

खेलको म्यान अफ दि म्याच झापाका कप्तान योगेश गुरूङ भए । उनले नगद १० हजार पाए।

आजको खेल भारतको डाइमण्ड अफ एकाडेमी मध्यप्रदेश र विभागीय टिम एपिएफबीच हुने आयोजक समितिले जनाएको छ।

सतासीधाम स्पोटिङ्ग क्लवले आयोजना गर्ने सताक्षी गोल्डकपको दोश्रो संस्करण मंगलबार देखि स्थानिय गणेशमान शिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा शुरु भएको हो। यो खेल मंसिर ७ गते सम्म संचालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?