नेपालकै होचा कलाकार दिपेन शाहको निधन


काठमाडौं ।नेपालकै होचा कलाकार दिपेन शाहको निधन भएको छ ।

केही दिनअघि ज्वरो आएर अस्पताल भर्ना भएका शाहको उपचारको क्रममा बिहिबार बिहान ७ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ। दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन भएको अस्पताललाई उद्धृत गर्दै परिवारका एक सदस्यले बताए।

२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार हाँस्यचलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए ।

३१ इन्च मात्र अग्ला रहेका शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा सुरू गरेका थिए ।

उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?