मलेशियाविरुद्ध नेपालको सहज जीत


काठमाडाै – आइसीसी महिला टि-२० विश्वकप छनोट क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले मलेशियालाइ हराउँदै पहिलो जित दर्ता गरेको छ । शुक्रवार थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको चौथो खेलमा मलेसियालाई ३३ रनले पराजित गर्दै नेपालले पहिलो जित हासिल गरेको हो । पहिले व्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ८ रन बनाएको थियो । नेपालका लागि सीता राना मगरले सर्वाधिक ३७, ज्योती पण्डेले २१, काजल श्रेष्ठले १४ र इन्दुवर्माले ६ रन योगदान गरे। नेपालविरुद्ध जवाफी ब्याटिङ्ग गरेको मलेसियाले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ७५ र मात्रै बनाउन सक्यो । अब नेपालले अाइतवार चीनसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?