लमजुङमा काँग्रेसको विजयको आधार तय


लमजुङ: लमजुङमा मंसीर १० गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसले विजयको बलियो आधार तयार पारेको छ ।
लामो समयदेखि काँग्रेसले जित्दै आएको लमजुङमा यो निर्वाचनमा पनि काँग्रेसले जित्दैछ । जिल्लाको विकासमा काँग्रेसले अहिलेसम्म महत्वपूर्ण भूमिका खेल्दै आएको छ । जिल्लाका अधिकाशं वडा तथा गाउँमा काँग्रेसले बाटोघाटो पु¥याएको हो ।
नेपाली काँग्रेसले प्रजातन्त्रका लागि आजीवन लाग्दा सर्वश्वहरणमा परेका लमजुङ मध्यनेपाल नगरपालिका वडा नं १ निवासी काँग्रेसका पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्तीलाई उठाएको छ ।
उहाँका प्रतिस्पर्धी नेकपा माओवादीका नेता देव गुरुङ, मनाङ र कास्कीमा चुनाव लड्न नसकेकाले टुरिष्ट उम्मेद्वारका रुपमा लमजुङमा चुनाव लड्दै हुनुहुन्छ । काँग्रेसले लमजुङमा जित्ने आधारहरु यसप्रकार रहेका छन् ।
टुरिष्ट उम्मेद्वार 
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ लमजुङका लागि टुरिष्ट उम्मेद्वारको रुपमा देखा पर्नुभएको छ । मनाङमा स्थायी घर भएका गुरुङले अहिलेसम्म लमजुङको विकासका लागि सिन्को समेत भाँच्नुभएको छैन् ।
विस २०४८ सालमा राष्ट्रिय जनमोर्चाको तर्फबाट लमजुङ क्षेत्र नं १ मा बाम गठबन्धन बनाएर लडेका गुरुङ २६ वर्षपछि लमजुङमा पुन निर्वाचन लड्न आएका आउनुभएको हो । उहाँ विस २०६४ सालको निर्वाचनमा मनाङ र कास्की क्षेत्र नं १ मा निर्वाचन लडेपनि उक्त क्षेत्रको विकास नगरेपछि पुन हारिने डरले यसपटक लमजुङ छिर्नुभएको छ ।
विस २०७० सालको निर्वाचनको समयमा नेकपा माओवादीको बैद्य समूहमा लागेर निर्वाचन बहिस्कार गर्नुभएकोले उहाँको जनाधार कमजोर रहेको छ ।
एमालेभित्रको चरम असन्तुष्टि 
विस २०६४ र ०७० सालमा एक÷एक क्षेत्र जितेको एमालेले प्रतिनिधि सभामा माओवादीलाई टिकट दिएपछि एमालेभित्र चरम असन्तुष्टि देखिएको छ । नेकपा एमाले लमजुङका तत्कालिन सचिवालय सदस्य तिलक पाण्डेलगायत एमाले नेतालाई मार्ने माओवादीलाई स्वीकारेर अगाडि बढ्न नसकिने एमाले नेता बताउँछन् ।
यस्तै विस २०४३ सालदेखि निरन्तर पृथ्वीसुब्बा गुरुङलाई मात्र टिकट दिनुले युवा नेताहरु रुष्ट छन् । अर्कोतर्फ लमजुङका पूर्व जिविस सभापति एवम् निवर्तमान सांसद जमिन्द्रमान घलेजस्तो योग्य उम्मेद्वार हुँदाहुँदै बाहिरको मान्छे ल्याएर उठाँउदा एमालेभित्र खैलाबैला मच्चिएको छ ।
नयाँ शक्तिको उदय 
नेकपा माओवादीको एकदमै कम मत रहेको लमजुङमा नेकपा माओवादी केन्द्र विभाजन भएको छ । केन्द्रमा डा बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी खोलेसँगै त्यसको प्रभाव जिल्लामा परेको हो । नेकपा माओवादीका पहिलाका जिल्ला संयोजक देवेन्द्र पराजुली नयाँ शक्ति नेपालबाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वार बनेसँगै माओवादी केन्द्रको मत बाँडिने सम्भावना छ ।
पृथ्वीसुब्बा गुरुङको गाँउमा बिजुली नपुग्नु तथा काशी  र फाँसीको नारा
संसदको दोस्रो ठूलो दल नेकपा एमालेको सचिव जस्तो गरिमामय पदमा पुगेका पृथ्वीसुब्बा गुरुङको गाउँमा अहिलेसम्म विजुलीबत्ती पुगेको छैन । उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री भएपनि उहाँको जन्मथलो क्होलासोथार गाउँपालिका वडा नं ९ गिलुङमा अहिलेसम्म बिजुलीबत्ती नपुगेपछि जनताले विकासप्रेमी नेता खोज्ने निश्चित छ ।
यस्तै पहिलो संविधानसभाको निर्वाचनपछि देशलाई जातीयतामा लैजानका लागि बाहुन काशी र क्षेत्रीलाई फाँसी पठाउने उद्घोष गर्नुभएको उहाँले  अशोक राईसँग मिलेर झण्डै छोडिसकेकोले इमान्दार एमाले कार्यकर्ताहरु उहाँलाई काँधमा बोकेर हिड्न हिच्किचाइरहेका छन् ।
स्थानीय तहको निर्वाचनपछि काँग्रेस सच्चिनु
यहि वैशाखमा भएको स्थानीय तहको निर्वाचनको परिणाम र पछिल्लो पटक मुलुकलाई अधिनायकवादतर्फ लैजानका लागि भएको बाम गठबन्धनपछि काँग्रेस सच्चिएको छ ।
स्थानीय तहको निर्वाचनमा सुन्दरबजार नगरपालिकामा काँग्रेसबाटै बागी उम्मेद्वार उठ्नु र बेशीशहर र राइनास नगरपालिकामा पार्टीबाटै भएको अन्र्तघातले २०० भन्दा कम मतले हार्नु काँग्रेसका लागि दुःखद पक्ष हो । अहिले पार्टी जिते हाम्रो  भविश्य सुरक्षित छ, पार्टी हारे हाम्रो भविश्य समाप्त हुन्छ  भन्ने मान्यताअनुसार लमजुङ काँग्रेसका नेताहरु लाग्नुले पनि काँग्रेसको जित सुनिश्चित भएको देखिन्छ ।
जिल्लाका विभिन्न सभामा अन्य पार्टी छाडेर काँग्रेसमा प्रवेश गर्नु
यहि मंसीर २ गते वेशीशहरमा भएको जिल्लास्तरिय आमसभामा करिब तीनसय भन्दा बढी व्यक्ति काँग्रेसमा प्रवेश गरे । स्थानीय तहको सहमतिबिना नै केन्द्रमा बाम गठबन्धनको सहमति भएपछि असहमति जनाउँदै काँग्रेसमा प्रवेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?