शान्तिप्रक्रियापछि प्रचण्डको पहिलो लेख


पुष्पकमल दाहाल (प्रचण्ड)

ज्ञान प्राप्तिको आशक्तिका रुपमा ग्रिक भाषाको उजष्यिकयउजथ बाट बनेको दर्शन शब्दको पहिलो प्रयोगकर्ता पिथागोरसदेखि नै दर्शनबारे बहस अगाडि बढ्दै आएको छ । प्रारम्भदेखि नै आफूपरिवरिको प्रकृति, मानव समाज र चिन्तन प्रक्रियाबारे सुसङ्गत ज्ञान प्राप्तिको उत्कट इच्छाद्धारा दर्शनशास्त्र एवम् दार्शनिकहरुको विकास हुँदै आएको छ ।

आदिम साम्यवाद र त्यसभन्दा अगाडिको सिङ्गो सामाजिक जीवनमा दर्शनशास्त्रको प्रत्ययवादी स्वरुप मुख्य रुपमा प्रचलित थियो जसले सामाजिक चेतनामाथि पुराना र काल्पनिक शक्तिको आधिपत्य स्थापित गर्ने जमर्कोद्धारा एउटा निश्चित पौराणिक विधि–विधान खडा गर्ने र मानव जातिलाई भएमुक्त तुल्याउने प्रयत्न गर्दथ्यो ।

यसलाई कार्ल माक्र्सले, ‘कल्पनामार्फत् प्रकृतिका शक्तिहरुमाथि नियन्त्रण’ चेष्टा बताउँदै वास्तविक अर्थमा नै प्रकृतिमिाथ नियन्त्रण स्थापित भएपनि त्यो स्वतः बिलाएर जाने तथ्य पनि स्पष्ट गर्नुभएको छ ।

जब मानव समाज आफ्नो विकासक्रममा आदिम साम्यवादको विघटन र दासयुगको प्रारम्भको ऐतिहासिक चरणबाट गुज्रदै थियो तब दर्शनशास्त्रको विकासले पनि एउटा गुणात्मक फड्को हान्न पुग्यो । अब दर्शनशास्त्र काल्पनिक, पौराणिक र धार्मिक मतवादका प्रत्ययवादी ९आदर्शवादी० प्रस्तावनाद्धारा प्रकृतिमाथि ‘नियन्त्रण गर्न’ मानिसलाई दिइने मिथ्या विस्वासका रुपमा नभएर जीवनको यथार्थ धरातलमा टेकेर विज्ञानका रुपममा अगाडि बढाउने महान् ऐतिहासिक प्रक्रियाको थालनी पनि त्यसै अवधिबाट भयो ।

विज्ञानको विभिन्न विशिष्ट शाखाह जस्तै विज्ञानका रुपमा दर्शनको इतिहास पनि त्यति नै प्राचीन रहिआएको छ । फरक के मात्र छ भने विज्ञानका विशिष्ट शाखाहरुले सम्बन्धित विशिष्टको विशिष्टताको अध्ययन–अनुसन्धान गर्दछन् भने दर्शन विज्ञानका समग्र उपलब्धिहरुको संश्लेषण गर्दै अगाडि बढ्दछ ।

विकासका क्रममा जब मानव समाज मानसिक र शारीरिक श्रम गर्ने दुई अलग–अलग कित्तामा विभाजित हुन पुग्दछ तब दर्शनशास्त्र पनि दुई भिन्न धाराको विकास हुन थाल्दछ । समाजको मानसिक श्रम गर्ने कित्ता क्रमशः मालिक र भौतिक श्रम गर्ने कित्ता दासाका रुपमा स्थापित हुन पुग्दछ । यही ऐतिहासिक यथार्थसँगै मानव समाज विपरीत स्वर्थका विपरीत वर्गमा विभाजित हुन पुग्यो । यही यथार्थसँगै दर्शन पनि यथास्थिति र मालिकहरुको पक्षपोषण गर्ने प्रत्ययवादी धारा र परिवर्तन र श्रमजीवीहरुको पक्षपोषण गर्ने भौतिकवादी धारामा विभाजित र विकसित हुँदै गयो । यस सन्दर्भमा फ्रेडरिक एङ्गेल्सको निम्न भनाई विशेष महत्वपूर्ण छ, ‘एक पुस्ताबाट अर्को पुस्ता हुँदै श्रम स्वयम् भिन्न अधिक पूर्ण, अधिक विविधतायुक्त बन्दै गयो । शिकारी गर पशुपालनमा कृषि थपियो अनि धागो कताई, बुनाई, धातुकार्य, माटाका भाँडा बनाउने काम थपिए । व्यापार उद्योग सँगसँगै कला र विज्ञान देखा परे । प्रजातिबाट जाति र राज्यहरुको विकास भयो । कानुन र राजनीतिको उत्पति भयो र ल्यससँगै मानव मनमा मानवीय चीजसम्बन्धी काल्पनिक प्रतिबिम्ब, धर्म पैदा भयो ।

सर्वप्रथम मनको उपजका रुपमा देखा परेको र मानव समाजमाथि प्रभुत्व जमाएको देखिएका उक्त सारा सिर्जनाहरुका अगाडि शारीरिक श्रमका अत्याधिक सहज र सरल उत्पादनहरु पछिल्तिर धकेलिए । त्यस्तो स्थिति झन् बढ्यो । किनकि समाज विकासको प्रारम्भिक चरणमा नै श्रम प्रक्रियालाई योजनावद्ध पारेको मनले आफ्नो हातबाट भन्दा अर्कैको हातबाट सो आयोजित श्रमिकलाई काम गराउन सक्ने भयो । सभ्यताको छिटो प्रगति हुनुको सारा श्रेय मनलाई, मस्तिष्कको विकास र क्रियाशीलतालाई दिईयो । मानिसहरु आफ्ना कार्यहरुको व्याख्या आफ्ना आवश्यकताहरु ९जुन सुकै पनि सवालमा मनमा प्रतिबिम्बित हुन्छन्, चेतनामा आउँछन्० बाट नगरीकन आफ्ना विचारबाट गर्न सभ्यस्त भए र यसरी समयको क्रममा प्रत्ययवादी विश्व दृष्टिकोणको विकास भयो र सो दृष्टिकोणले खास गरी प्राचीन संसारको पतनदेखि मानिसको मनमा प्रभुत्व जमाएको छ, अझसम्म मानिसको मनमा त्यसको प्रभुत्व रहेको छ । ’

ऐतिहासिक विकासको विशिष्ट पृष्भूमिसहित दर्शनशास्त्रको प्रत्ययवादी धाराले प्रकृति, समाज र चिन्तनको विकासका नियमहको अध्ययन गर्दा आत्मा, चेतना, परम विचार जस्ता आत्मगत पक्षलाई र भौतिकवादी धाराले पदार्थ भौतिक तत्व जस्ता वस्तुगत पक्षलाई प्राथमिकतामा राख्यो । अन्ततः पदार्थ वा चेतनामध्ये कुन प्रथान ठान्ने भन्ने प्रश्न दर्शनशस्त्रको आधारभूत प्रश्न बन्न गयो । पदार्थलाई प्रधान ठान्ने भौतिकवादले प्रकृति, समाज र चिन्तनका नियमहरुलई बोधगम्य ठान्ने भौतिकवादले प्रकृति, समाज र चिन्तनका नियमहरुलाई बोधगम्य ९बुझ्न सकिने० मान्दछ भने प्रत्ययवादले तिनलाई बुझ्न नसकिने रहस्यका रुपमा व्याख्या गर्दछ । यस सन्दर्भमा लेनिनले आफ्नो प्रसिद्ध दार्शनिक रचना भौतिकवाद र अनुभवसिद्ध–आलोचनामा भन्नुभएको छ , ”भौतिकवादी प्रत्ययवादी दर्शनका अनुयायीहरुका बिचको मूल भिन्नता कुन तथ्यमा रहेको छ भने भौतिकवादले सामान्यतः संवेदना, ज्ञान, विचार र मानिसको मनलाई वस्तुगत यथार्थको प्रतिबिम्ब ठान्दछ । संसार भनेको हाम्रो चेतनामा प्रतिविम्बित उक्त वस्तुगत यथार्थको गति हो । विचार, ज्ञान आदिको गतिभन्दा बाहिर रहेको भौतिक तत्वको गति अनुरुप रहन्छ । भौतिक तत्वको अवधारणाले संवेदनामा परेको वस्तुगत यथार्थबाहेक अन्य कुनै कुरालाई व्यक्त गदैन ।”

प्रत्येक विशिष्ट विज्ञानको क्षेत्रमा अनुसन्धान गर्ने आफ्नै विधि प्रणाली भए जस्तै दर्शनशास्त्रको पनि आफ्नै मौलिक विधि र प्रणाली रहिआएका छन् । दर्शनशास्त्रमा अध्ययन–अनुसंधानको आफ्नो तरिका पनि दर्शनशास्त्रकै आधारभूत प्रश्नको उत्तरसँगै अभिन्न रुपले जोडिएको हुन्छ ।

भौतिकवादले आफ्नो अनुसन्धानको विधिका रुपमा द्धन्दवाको प्रयोग गर्दछ भने प्रत्ययवादले अधिभूतवादको । पद्यपि भौतिकवादको विकासका क्रममा विधिका विभिन्न रुपहरु, जस्तै प्राचीन कालको सरल भौतिकवाद, सोह्रौं शताब्दीदेखि उन्नाइसौं शताब्दीसम्मको अधिभूतवादी भौतिकवाद र अन्त्यमा द्धन्दात्मक भौतिकवाद रहेका छन् ।

द्धन्दवादका अनुसार अन्तित्वमा रहेको प्रत्येक वस्तुहरु निरन्तर गति र परिवर्तनको प्रक्रियामा रहेका छन्, ती प्रत्येक वस्तुहरु कुनै न कुनै प्रगति हुनुको सारा श्रेय मनलाई मस्तिष्कको बिकास र क्रियाशिलतालाई दिइयो । मानिसहरु आफ्ना कार्यहरुको ब्याख्या आफ्ना आवश्यकताहरु ९जुन कुनै पनि सवालमा मनमा प्रतिबिम्बित हुन्छन् , चेतनामा आउँछन् । ० बाट नगरीकन आफुना बिचारबाट गर्न अभ्यस्त भए र यसरी समयको क्रममा प्रत्यायवादी विश्ब दृष्टिकोणको बिकास भयो र सो दष्टिकोणले खास गरी प्राचिन संंसारको पतनदेखी मानिसको मनमाप्रभुत्व जमाएको छ, अझसम्म मानिसको मनमा त्यसको प्रभुत्व रहेको छ ।

ऐतिहासिक विकासको विशिष्ट पृष्ठभूमिसहित दर्शनशास्त्रको प्रत्ययवादी धाराले प्रकति, समाज चिन्तनको बिकासका नियमहरुको अध्ययन गर्दा आत्मा, चेतना, परम विचार जस्ता वस्तुगत पक्षहरुलाई प्राथमिकतामा राख्यो । अन्तत पदार्थ वा चेतनामध्ये कुन प्रधान भन्ने प्रश्न दर्शनशास्त्रको आधारभुत प्रश्न बन्न पुग्यो । पदार्थलाई प्रधान ठान्ने भौतिकवादले प्रकृति समाज र चिन्तनको निययहरुलाई बोधगम्य ९बुझ्न सकिने० मान्दछ भने प्रत्ययवादले तिनलाई बुझ्न नसकिने रहइका रुपमा व्याख्या गर्दछ । यस सन्दर्भमा लेनिनले आफ्नो प्रसिद्ध दार्शनिक रचना भौतिकवाद र अनुभवसिद्ध–आलोचनामा भन्नुभएको छ, भौतिकवादी र प्रत्ययवादी दर्शनका अनुयायीहरुका बिचको मूल भिन्नता कुन तथ्यमा रहेहको छ भने भौतिकवादले सामान्यतः संवेदना, ज्ञान, विचार र मानिसको मनलाई वस्तुगत यथार्थको प्रतिबिम्ब ठान्दछ । संसार भनेको हाम्रो चेतनामा प्रतिबिम्बित उक्त वस्तुगत यथार्थको गति हो । विचार, ज्ञान आदिको गतिभन्दा बाहिर रहेको भौतिक तत्वको गति अनुरुप रहन्छ । भौतिक तत्वको अबधारणाले हाम्रो संवेदनामा परेको वस्तुगत यथार्थबाहेक अन्य कुनै कुरालाई व्यक्त गर्दैन ।’

प्रत्येक विशिष्ट विज्ञानको क्षेत्रमा अनुसन्धान गर्ने आफ्नै विधि, प्रणाली भए जस्तै दर्शनशास्त्रको पनि आफ्नै मौलिक विधि र प्रणाली रहिआएका छन् । दर्शनशास्त्रमा अध्ययन–अनुसन्धानको आफ्नो तरिका पनि दर्शनशास्त्रकै आधारभूत प्रश्नको उत्तरसँग अभिन्न रुपले जोडिएको हुन्छ ।

भौतिकवादले आफ्नो अनुसन्धानको विधिका रुपमा द्धन्दवादको प्रयोग गर्दछ भने प्रत्ययवादले अधिभूतवादको । यद्यपि भौतिकवादको विकासका क्रममा विधिका विभिन्न रुपहरु, जस्तै–प्राचीन कालको सरल भौतिकवाद, साह्रौं शताब्दीदेखि उन्नाइसौं शताब्दीसम्मको अधिभूतवादी भौतिकवाद र अन्त्यमा द्धन्दात्मक भौतिकवाद रहेका छन् ।

द्धन्दवादका अनुसार अस्तित्वमा रहेका प्रत्येक वस्तुहरु निरन्तर गति र परिवर्तनको प्रक्रियामा रहेका छन्, ती प्रत्येक वस्तुहरु कुनै न कुनै रुपमा एक–अर्कासँग सम्बन्धित रहेका छन् । यस मतका अनुसार अस्तित्वमा रहेका प्रत्येक वस्तुहरुको विनाश अपरिहार्य छ । जन्मसँग मृत्यु जोडिए जस्तै अस्तित्वसँग विनाश जोडिएको हुन्छ । द्धन्दवादले प्रकृति, समाज र मानव चिन्तनको प्रक्रियामा परिवर्तनका मुख्य कारक तत्व बाहिर नभएर सम्बन्धित वस्तुभित्रै अन्तरनिहित विपरीत तत्वहरुको सङ्घर्षलाई मान्दछ । वस्तुमा अन्तर्निहित विपरीतहरुको एकता र सङ्घर्षहरुलाई नै द्धन्दवादले विकासको प्रमुख नियम मान्दछ साथै मात्रात्मक र गुणात्मक परिवर्तन एवम् निषेधको निषेधलाई पनि यस नियमभित्र पार्न सकिन्छ भनेर अध्यक्ष माओले प्रष्ट भन्नुभएको छ ।

(वैज्ञानीक समाजवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?