दक्षिण अफ्रिकी सुन्दरी बनिन् मिस युनिभर्स


लास भेगास : मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी सुन्दरी डेमी ले नेल–पिटर्सले जितेकी छन्। लस भेगासको एक्सिस थिएटरमा आइतबार आयोजित प्रतियोगितामा ९१ जनालाई उछिन्दै २२ वर्षीया डेमी विजेता बनेकी हुन्। विजेता घोषणापछि डेमीलाई फ्रान्सकी गतवर्षकी मिस युनिभर्स इरिस मिटेनाएरेले ताज पहिराइदिइन्।
भर्खरै नर्थ वेस्ट युनिभर्सिटीबाट बिजनेस मेनेजमेन्टको डिग्री लिएकी पिटर्सलाई विश्वका महिलाका बारेमा चिन्ता व्यक्त गर्दै दिएको उत्तरले यो ताज जिताएको हो । समान कामका लागि पुरुषले भन्दा महिलाले ७५ प्रतिशतसम्म मात्रै ज्याला पाउनु दुःखद् विषय भएको भन्दै यी सुन्दरीले चिन्ता व्यक्त गरेकी थिइन् । उनी दक्षिण अफ्रिकालाई मिस युनिभर्सको ताज जिताउने दोस्री युवती बनिन् । यसअघि सन् १९७८ मा दक्षिण अफ्रिकाकी मार्गेट गार्डिनरले यो ताज जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?