भारतीय प्रधानमन्त्री मोदीद्वारा चुनावी अभियान शुरु


नयाँदिल्ली(सिन्ह्वा): भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो गृह राज्य गुजरातबाट औपचारिक रुपमा आफ्नो चुनावी अभियान शुरु गर्नुभएको छ ।
प्रमुख प्रतिपक्षी पार्टी भारतीय काँग्रेसका विरुद्धमा केन्द्रित गरेर उहाँले सोमबार चुनावको प्रचारप्रसार अभियान शुरु गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गुजरात राज्यमा पनि भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)कै सरकार रहेको छ ।
गुजरात राज्यमा आउँदो डिसेम्बर ९ तारिखका दिन मतदान हुन लागेको छ । निर्वाचनको अन्तिम नतिजा भने आउँदो डिसेम्बर १८ मा घोषणा गर्ने कार्यतालिका रहेको छ ।
पश्चिमी भारतीय राज्यको कुट्च जिल्लामा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले गुजरातमा विकास र राजवंशीयका बीच निर्वाचन हुन लागेको बताउनुभयो ।
आफ्नो पार्टीका हजारौँ समर्थकको सहभागीता रहेको कार्यक्रममा उहाँले आफ्नो मन्तव्य भारतीय काँग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धीप्रति लक्षित गर्नुभएको थियो ।
गुजरातमा वरिष्ठ नेता गान्धीले पनि आफ्नो पार्टीको जित सुनिश्चित भएको भन्दै चुनावी अभियान चलाइरहनु भएको छ ।
गुजरातमा प्रधानमन्त्री मोदी सन् २०११ देखि १०१४ सम्म मुख्य मन्त्री हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?