समयमै आयोजना सम्पन्न गर्न दबाब


बेनी, म्याग्दी: अन्नपूर्ण गाउँपालिकाको पहिलो गाउँसभामार्फत सार्वजनिक नीति तथा कार्यक्रम र बजेटले जलविद्युत् मैत्री नीति पारित गरेको छ ।
अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा निर्माणाधीन र निर्माण प्रक्रियामा रहेका जलविद्युत् आयोजनाका साथै गाउँपालिकाअन्तर्गत निर्माण हुने ११ मेगावाट क्षमताको घारखोला, १६५ मेगावाटको कालीगण्डकी गर्ज र ६५ मेगावाटको माथिल्लो कालीगण्डकी आयोजनालाई समयमै सम्पन्न गर्ने वातावरण सिर्जनाका लागि गाउँपालिकाले यस्तो नीति पारित गरेको हो ।
“यहाँ थुप्रै जलविद्युत् आयोजना बन्ने क्रममा छन्, केहीले स्विकृती लिएका छन्, सबैलाई समयमै सम्पन्न गर्न बाह्य वातावरण सिर्जना गर्न हामीले यस्तो नीति लिएका छौँ,” गाउँपालिकाका अध्यक्ष क्या डम्मबहादुर पुनले भन्नुभयो, “आयोजनामा आइपर्ने समस्या हल गर्न गाउँपालिका तयार छ, तर समयमै सम्पन्न हुनुप¥योे ।”
गाउँपालिकाले ‘उज्यालो घर, अन्नपूर्णको भर’ नारा लिएर ती आयोजनामा संस्थागत रूपमा लगानीसमेत गर्ने योजना बनाएको पुनको भनाइ छ । “यस विषयमा आयोजनासँग छलफल गर्ने तयारीमा छौँ, लगानी गर्ने योजना बनाएका छौँ,” उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?