नेपाल र युएईबीचको खेल सुरु


काठमाडौंः आज विश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि अन्तिम चरण अन्तर्गत नेपाल र युएईबीचको पहिलो खेल सुरु भएको छ । दुवईको शेख जायद रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल र विकेटकिपर ब्याट्सम्यान दिलिप नाथले नेपालको ओपनिङ ब्याटिङ गरिरहेका छन् । नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहेर डिभिजन वान मै रहिराख्ने र विश्वकप छनोट खेल्ने सम्भावना गुमाइसकेको छ । अब यो खेल केबल प्रतिपष्ठाको लागि मात्र खेलिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?