राहुल गान्धी भारतीय काँग्रेसका अध्यक्ष


नयाँ दिल्ली: भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुनुहुने निश्चित भएको छ ।
सो पदमा उम्मेदवारी दिने उहाँमात्र हुनुभएको छ । सोही कारण राहुल गान्धी नै सो पदमा निर्विरोध चयन हुनुहुने निश्चित भएको हो ।
हाल सोनिया गान्धी भारतीय काँग्रेसको अध्यक्ष हुनुहुन्छ । सोनियाले १९ बर्षदेखि काँग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आउनु भएको छ ।
स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उहाँले पद छोड्न लाग्नुभएको हा ।
यस अघि पनि राहुल गान्धी पार्टीको उपाध्यक्ष रहनुभएको थियो । उहाँ गत पाँच वर्षयता उपाध्यक्ष पदमा हुनुहुन्छ ।
आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको थियो ।
सोमबार साँझसम्म उहाँबाहेक कसैले उम्मेदवारी नदिएपछि राहुल गान्धी नै पार्टीको अध्यक्ष हुनुहुने निश्चित भएको बताइएको छ ।
सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आउनुभएकी सोनिया गान्धीले आफ्नो छोरा राहुललाई सो पदमा ल्याउने चाहना राख्नुभएको चर्चा भारतीय राजनीतिमा गर्ने गरिएको छ । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?