सर्लाहीमा झडप, एक महिला गम्भीर घाइते


सर्लाही: कौडेना गाउँपालिकाको फुलपरासी बुथमा  कांग्रेस र राजपाबीच झडप भएको छ । झडपमा महिलासहित तीन  घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । भोट खसाल्न लाइनमा बसेका बेला कांग्रेस कार्यकर्ताहरुले राजपा कार्यकर्ताहरुले रोक्न खोजेपछि विवाद भएको थियो । कांग्रेस कार्यकर्ताले राजपा कार्यकर्ता माथि आक्रमण गर्न थालेपछि प्रहरीले झडप नियन्त्रण लिनका लागि चार राउण्ड हवाई फायर भएको प्राप्त समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?