घाँस काट्दै गर्दा लडेर मृत्यु


जाजरकोट:  यहाँको छेडागाड नगरपालिका–९ का ५५ वर्षीय रामबहादुर अधिकारीको घाँस काट्दै गर्दा लडेर आज बिहान मृत्यु भएको छ । घर नजिकै रहेको कोलैटापुमा घाँस काट्दै गर्दा लडेर मृत्यु भएको मृतकका भाइ दीपक अधिकारीले जानकारी दिनुभयो । करिव ५० मिटर तल भिरमा खस्दा उहाँको मृत्यु भएको हो ।  (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?