बेलायतको बहिर्गमनका विषयमा प्रगति भएको छ– युरोपियन युनियन


ब्रसेल्स: युरोपली युनियनबाट बेलायत बाहिरिने विषयमा भएका छलफलमा प्रगति भएको उक्त युनियनले जानकारी दिएको छ ।
प्राप्त जानकारीअनुसार यस विषयमा बेलायतका प्रधानमन्त्रीसँगको छलफल फलदायी रहेको र जसका कारण आगामी र अर्काे चरणको वार्तामा सहज हुने बताइएको हो ।
सोही विषयमा युरोपेली कमिसनका अध्यक्षसँग आवश्यक छलफल र परामर्शका लागि बेलायती प्रधानमन्त्री टिरिजा मे शुक्रबार ब्रसेल्स पुग्नुभएको लाग्नुभएको बताइएको थियो ।
प्रधानमन्त्री मेको कार्यालयले दिएको जानकारीअनुसार बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा आवश्यक छलफलका लागि उहाँ ब्रसेल्स जान लाग्नुभएको हो ।
उहाँहरुबीचको वार्तापछि आयोजना भएको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको छ । उक्त कमिसनका अध्यक्ष जंकरले बेलायती प्रधानमन्त्रीसँगको छलफलमा उक्त विषयमा धेरै प्रगति भएको पाइएको जानकारी दिनुभयो ।
बेलायती प्रधानमन्त्री मे र अध्यक्ष जंकरले ब्रसेल्समा शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्नुभएको थियो । सो पत्रकार सम्मेलनका क्रममा अध्यक्ष जंकरले भन्नुभयो– हामीले यो दोस्रो चरणको वार्ता शुक्रबार ग¥यौँ र जुन फलदायी भएको छ ।
बेलायतले युरोपेली युनियनबाट बाहिरिने विषयमा यसअघि नै निर्णय गरीसकेको छ । त्यस बारेमा अन्तिम निर्णय लिनुभन्दा अघि बेलायतले युरोपियन युनियनसँग परामर्श गरि रहेको छ । (रासस÷सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?