आफ्नो पहिचान बनाउने नायिका


मुम्बई- बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अर्को देशबाट बलिउडमा आएर आफ्नो पहिचान बनाउने नायिकाको रूपमा चिनिन्छिन् । बायोपिक फिल्ममा शीर्ष भूमिकामा अभिनय गर्न रूचि राख्ने उनलाई त्यसमा पनि खेलाडीको बायोपिकमा काम गर्न मन छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनले ‘पद्मावती’ जस्तो ऐतिहासिक विषयभन्दा पनि खेल जीवनको कथामा अभिनयको चासो देखाएकी छन् । लनटेनिस स्टार सानिया मिर्जाबाट प्रभावित ज्याकलिनलाई उनकै जीवनीमा बन्ने फिल्ममा काम गर्न मन छ । ‘बायोपिक फिल्ममा काम गर्दा तपाईंले धेरै कुरा सिक्नुहुन्छ । बलिउडमा अहिले निकै बायोपिक फिल्म बनिरहेका छन् । म फिटनेसमा निकै विश्वास गर्छु,’ उनले भनेकी छन्, ‘सानिया मिर्जाको करियरबाट म निकै प्रभावित छु । कसैले उनको जीवनीमा फिल्म बनाउने सोच्यो र यसका लागि मलाई सम्झियो भने खुशी लाग्नेछ ।’ ‘ग्ल्यामर गर्ल’को भूमिकामा मात्र देखिँदै आएकी उनलाई आशुतोष गोवारिकर र सञ्जयलीला भन्साली जस्ता निर्देशकसँग पनि काम गर्न मन छ । ‘उनीहरूका फिल्ममा विशेष खाले चरित्र हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?