मैतीदेवीमा बस दुर्घटना १७ घाइते, ४ को अवस्था गम्भीर


काठमाडौंः काठमाडौंको मैतिदेवीमा मंगलबार बिहानै बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । घाइतेहरुको नर्भिक र ट्रमा सेन्टर उपचार भइरहेको छ । घाइते भएका ८ जनाको नर्भिक अस्पताल थापाथलीमा र ९ जनाको वीर अस्पतालमा उपचार भैरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस मंगलबार बिहान सवा ३ बजे मैतिदेवीस्थित सेतोपुलमा बिजुलीको पोलमा ठोक्किएर सडकमै पल्टिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?