पशुपतिनाथ मन्दिर परिसरमा पनि सवारी निषेध


विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा सवारी साधन निषेध गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा  सवारी साधन प्रवेशमा रोक लगाएको हो। धार्मिकस्थललाई सोही वातावरणमा रहन दिन मन्दिर परिसरमा सवारी साधन निषेध गर्नु परेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव  प्रदीप ढकालले जानकारी दिए। पशुपतिनाथ मन्दिर विश्वकै हिन्दु धर्मावलम्बीहरूको तीर्थस्थल हो। यसलाई धार्मिक वातावरण कायमै राख्न पनि सवारी साधन प्रदेशमा रोक लगाइएको कोषको भनाइ छ। एम्बुलेन्स, शवबाहनलाई भने मन्दिर परिसरमा जान रोक लगाइएको छैन । मन्दिरमा जाने तीर्थयात्रीहरूको सवारी साधनलाई मन्दिर परिसर बाहिरै पार्किङको व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?