आगलागीमा तीन घाइते, रु छ लाख मूल्य बराबरको क्षति


भोजपुर: भोजपुर पौवादुम्बा गाउँपालिका–३ च्याङ्गे्रमा आगलागी हुँदा तीन जना घाइते भएका छन् ।
स्थानीय पर्शुराम श्रेष्ठको फुसको छानो भएको दुई तले घरमा आज एक्कासी विद्युत् प्रवाह भई आगलागी हुँदा श्रेष्ठसहित उहाँकी २९ वर्षीया श्रीमती देवी माया श्रेष्ठ र नौ महिनाकी छोरी नवीना श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । देवी मायाको दुवै खुट्टा र नवीनाको चिउँडोमा चोट लागेको छ ।
आगलागीमा घरभित्र रहेका नगद रु ६० हजार, दुई तोला चाँदी, अन्नपात, लत्ताकपडालगायतका सामग्री जल्दा करिब रु छ लाख बराबरको क्षति भएको प्रहरी चौकी तिवारी भञ्ज्याङले जनाएको छ । आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?