हात्तीले दलित बस्तीमा घर भत्कायो


लहान: जंगली हात्तीले गएराति सिरहाको लहान नगरपालिका–१५ ढोड्नास्थित दलित बस्तीमा तीनजनाको घर भत्काएको छ ।
नजिकैको जंगलबाट आएको हात्तीले ढोड्नाका स्थानीयवासी शिवशंकर सदाय, देबिन सदाय र सियाराम सदायको घर भत्काएपछि उहाँहरुको परिवार चिसो शीतलहरीमा कठ्याङग्रिएर खुल्ला आकाशमुनि बस्न बाध्य भएकाछन् ।
मध्यरातमा आएका हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान जोगाए पनि बस्ने घर भत्काएका कारण खुल्ला आकाशमुनि बस्न बाध्य भएको पीडित शिवशंकर सदाले बताउनुभयो ।
यस्तै, गएराति नै जंगली हात्तीले सिरहाको गोलबजार नगरपालिका–३, गोला मुक्सारका स्थानीयवासी बलराम थापाका तीनवटा घर भत्काएको छ । केही दिनअघिदेखि गाउँ पसेको जंगली हात्तीले सिरहाका विभिन्न गाउँमा घर भत्काउने, बालीनाली नष्ट गर्ने गरेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?