छानोबाट लडेर मजदुरको मृत्यु


उर्लाबारी, मोरङ: मोरङको विराटनगर महानगरपालिका–१९ स्थित घिनाघाट चोकमा पोल्ट्री फार्मको छानोबाट लडेर एक मजदुरको आज मृत्यु भएको छ ।
स्थानीय पुष्प श्रेष्ठले सञ्चालन गरेको पोल्ट्री फार्मको छानोमा टाली लगाउने क्रममा सोही ठाउँका ३९ वर्षीय पर्शुराम खवास एक तलाबाट लडेर गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते खवासको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?