प्रधानमन्त्रीको अनपेक्षित राजीनामापछि मालीमा नयाँ सरकार गठन


बामाको, माली: मालीमा राष्ट्रपतीय निर्वाचनको तयारी हुँदै गर्दा राष्ट्रपति इब्राहिम बोउबाकर केइटाले पूरानो मन्त्रीमण्डलका ३६ सदस्यसहित नयाँ सरकारको घोषणा गर्नुभएको छ । मन्त्रीमण्डलले छ नयाँ अनुहार पाएको बताइएको छ ।
इश्लामिक जिहादी समूहको तर्फबाट खतरा महशुस गरेका केइटाले प्रधानमन्त्रीमा आफू निकट व्यक्तिलाई ल्याएका बताइएको छ । नयाँ प्रधानमन्त्रीमा सुमेलोउ बाउबेय माइगा चयन गरिएको छ । उहाँले रक्षामन्त्री रहेको समय सन् २०१४ मा मालीको सेनाले जिहादी विद्रोहीसँग नराम्रो पराजय ब्यहोरेपछि पदबाट राजिनामा दिनुभएको थियो ।
आइतबार घोषणा भएको मन्त्रीमण्डलमा व्यापक हेरफेर भएको बताइएको छ ।
मालीका प्रधानमन्त्रीबाट सुमेलोउ बाउबेय माइगाले गत शुक्रबार अनपेक्षित रूपमा राजिनामा दिनुभएको थियो । केही महिनापछि राष्ट्रपतिको निर्वाचन हुने तयारी भइरहेका समय प्रधानमन्त्री माइगाले कुनै कारण नखुलाई राजिनामा दिनुभएको थियो । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?