सर्पको मुखमा भ्यागुतो


हिमाली उपाध्याय
२०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंह आफ्ना पंचायत विरोधी भाषणहरुमा ‘सर्पको मुखमा भ्यागुतो’ कथा अक्सर उल्लेख गर्नु हुन्थ्यो । सर्पको मुखमा भ्यागुतो कथा के हो भने सर्पले भ्यागुतोको शरीर आधा निलिसकेको समयमा पनि भ्यागुताले आफ्ना मुखमा आइपुगेका किरा फट्याङ्गा खान छाड्दैन । पंचायत व्यवस्थालाई गणेशमानले भ्यागुतो भन्नु हुन्थ्यो र मनपरीतन्त्र, लुटतन्त्र, भ्रष्टाचार, कालोबजारी रुपी सर्पको मुखमा आधा परिसकेको र अब जनआन्दोलनको एउटा गाँसमा यो व्यवस्था समाप्त हुने भाषण गर्नु हुन्थ्यो । चालिसको दशकमा गणेशमानले पंचायतलाई दिएको ‘भ्यागुतो’ परिचयको तात्पर्य तीन दशक वितेर सत्तरीको दशकमा आइपुग्दा कांग्रेसीहरुमा फेरि चरितार्थ हुन आइ पुगेको देखिदैन । प्रदेश सभा समानुपातिक तर्फका सांसद नामावली निर्णय गर्न बसेको केन्द्रीय समितिमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलका बीच झगडा भएर पौडेल बैठक बहिस्कार गरेर बाहिरिएको समाचार मिडियामा हाइलाइट भएर सार्वजनिक भयो ।
कांग्रेसको इतिहास र अहिलेको हालत ऐतिहासिक ‘महानिर्वाचन–०७४’ को पराजयको परिणाम आइसकेपछि पनि कांग्रेसभित्रका देउवा, रामचन्द्र, सिटौला, खुमबहादुर गुटहरु भागवण्डा लिप्त भएर कलह गरेका समाचार बाहिर ल्याउँछन् भने, यो भन्दा दुर्भाग्य र विडम्बना अरु के हुनसक्छ ? यो त कस्तो कुरा भयो भने कमल थापाले दिलनाथ गिरीलाई मन्त्रीपदबाट फिर्ता बोलाएको जस्तो । यतिखेर ‘सत्तान्धता’ को एउटा गतिलो उदाहरण कमल थापा भएका छन् । दोस्रो संविधानसभा निर्वाचनमा कमलथापाको फूर्ति ह्वात्तै बढेको थियो । ‘एक भोट भाइ (रुख) लाई एक भोट गाइलाई’ नारा चलाएर कमल थापाको राप्रपाले संसदमा २४ सिट पु¥याउन सकेको थियो । त्यसपछि त कमल थापा विजय गच्छदार जस्तै भूइँमा न भाँडोमा भएर खड्ग ओली, कमरेड प्रचण्ड, शेरबहादुर देउवाको जसको मन्त्रिमण्डलमा पनि उपप्रधानमन्त्री पड्काउन थाले । सत्तान्धताको मौलिक चरित्र के हुन्छ भने त्यसले खाल्डोमा मात्र पु¥याउँछ । सत्तान्धताले कमल थापाले के देख्न सकेनन भने जनताले गाइलाई भोट दिंदा त्यो कमल थापालाई थिएन । हिन्दूराज्यको मागलाई उठाउन थियो । गाई बेचेर खान थिएन । तर थापाले त भटा भट वर्गोनिङ गरे फोहोरी राजनीति गाईलाई यति धेरै बेहाल तुल्याइ दिए कि जनता समय हेरेर बसेको हुन्छ । जब समय आयो जनताले देखाइ दिए ।
अहिले कमल थापाको हालत स्वयं आफै पनि चुनाव हारिसकेका छन् । स्थानीय तह प्रान्त प्रतिनिधि सभा कतै पनि सिन्को भाँचन सक्ने उपस्स्थििति छैन । पूर्व राजा ज्ञानेन्द्र शाह समक्ष पुगेर धुरु धुरु रोए अरे भन्ने समाचार पनि बाहिर आइपुगेकै छ । उनै कमल थापाले आफ्नो पार्टीको तर्फको मन्त्री दिनानाथ गिरीले उनले भनेको एउटा कर्मचारी नियुक्ति गर्न मानेनन भनेर पार्टीले फिर्ता बेलाएको प्रधानमन्त्रीलाई चिठाी काटेको बेहोरा सबै मिडियामा आयो ।
अब यो भन्दा निर्लज्ज सत्तान्धता अरु के हु्न सक्छ । राजनीतिक शक्तिका हिसावले प्रधानमन्त्री शेरबहादुर देउवा अपदस्थ भइसकेका छन् । उनका मन्त्रिमण्डलका उपप्रधानमन्त्री कमल थापा र मन्त्री दिलनाथ गिरी जोगिने भन्ने छैन । मात्र प्रक्रियाले नयाँ सरकार आउन एक डेढ महिना लाग्ला । यस्तो पृष्ठभूमिमा पार्टीको प्रवक्ता जस्तो जिम्मेवारी सम्हालेका दिलनाथ गिरिलाई कमल थापाले कुन सोच, समझ, नियत राखेर मन्त्री पदबाट फिर्ता बोलाएको चिठी काटेका हुन ? यो बडो गम्भीर प्रश्न छ र कमल थापासँग मात्र यो प्रश्नको तात्पर्य सिमित छैन । कमल थापाको यति उदाहरण यहाँ आएको माथि उल्लेखित शेरबहादुर रामचन्द्रको भागवण्डा कलहको सोच, समझ नियतलाई बुझन र बुझाउन सजिलो भएकाले मात्र हो ।
कांग्रेसमा शेरबहादुर र रामचन्द्र वीचको भागवण्डा कलह समाचार १६ पुष वि.पी. को मेलमिलाप दिवस एक दिन अघि बाहिर आएको हो । भोलि पल्ट ‘मेले मिलाप दिवास’ सम्झना कार्यक्रममा शेरबहादुरले भने ‘आफै भित्र मेलमिलाप राख्न नसक्ने पार्टीले राष्ट्रिय मेलमिलापको कुरा गर्नु बेकार छ । कुनै पनि अर्थ राख्दैन’ । अब यो शेरबहादुरको भनाई कांग्रेस पार्टी प्रति नै केन्द्रीत हो कि, कसलाई भन्न खोजिएको हो ? स्वाभाविक प्रश्न उपस्थित हुन्छ । के अब कांग्रेस पार्टी बेकार र फाल्तु भइसकेको तिनका नायकहरुमानै मनो विज्ञान विकास भइसकेको हो ? शेरबहादुरका मेलमिलाप दिवसका उल्लेखित हरफहरुले त यसै तथ्यतर्फ संकेत गर्छ । यदि यसतो हो भने वी.पी.ले भविष्यबाणी गर्नु भएको जस्तो चीनको कोसिन्ताङ पार्टीको इतिहास नेपालमा दोहोरिने समय आइपुगेको ढाल्नु पर्ने हुन्छ । अन्र्तकलहले जब भगवान कृष्ण त जोगिन सक्नु भएको थिएन भने यदुवंशी विनासको उदाहरण चरितार्थ भएरै छाड्छ । ढिलो चाडो समयको खेल मात्र हो ।
‘सर्पको मुखमा भ्यागुतो’ शिर्षकमा यहाँ यतिकुरा अघि सार्नुको एउटै मात्र तात्पर्य हो कांग्रेस अझै पनि सुध्रिने प्रयास गरोस् । ‘बिग्रेको मानिसको भत्केको घर । भत्केपछि के को डर’ ।
शैलीमा भागवण्डा कलहमा नाङ्गिने बेला अझै कांग्रेसको भइसकेको छैन । एमालेको त्यत्रो खोक्रो राष्ट्रवादको तुफानी लहर चलेका बेलामा पनि समानुपतिक तर्फ एमालेकै हाराहारीमा मात्र ४५ हजारले पछाडि देखिनु भनेको एक प्रकारले चमत्कार जस्तै हो । चुनाव जितेर आएका कांग्रेसका विद्वान सांसद प्रदीप गिरीको एउटा कथन समानुपतिकको परिणामले पुष्टि गरेको छ । ‘ऋतु (परिस्थिति) परिर्वतनले रुखका पात झरेर नाङ्गै जस्तो देखिएको मात्र हो । तर छिट्टै अर्को ऋतृ आउछ र रुख फेरि हराभरा देखिन्छ र सबैलाई छाहारी दिन थालिहाल्छ ।’ गिरिको यो कथन कांग्रेसीले मनन गर्न योग्य छ ।
प्रदीप गिरीले ‘विग्रेसको मानिसको भत्ेकेको घर भत्केपछि के को डर’ शैलीको कांग्रेस प्राधिकार मानिसकतामा एउटा आशाको संचार गर्न खोजेका छन् । सानो सानो कुरामा जगहसाइ गर्नु बुद्धिमानी होइन भन्ने विद्धान प्रदीप गिरिले नबुझ्ने कुरै भएन । शेरबहादुर रामचन्द्र जस्ताहरुले पनि यस्ता कुरामा ध्यान पु¥याउन भन्ने पंक्तिकारको आशय हो । आफ्ना नाता गोता आसेपासेहरुलाई सांसद बनाउन पाइएन भनेर आपसमा कलह गर्नु अहिले जनता जागेका बेलामा सत्तान्धताको पराकाष्टा हो । सत्तान्धताले जसलाई पनि उसको चिहान मात्र खन्ने हो । हुन त ‘कांग्रेसलाई सल्लाह र भैंसीलाई पुराण’ एउटै भन्ने पनि व्यापक छ । तै पनि सल्लाह दिन छोड्नु हुन्न भनेर यति लेखेकी हुँ । अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?