एमाले सांसदलाई हृदयघात


काठमाडौ– स्याङ्जा क्षेत्र नं १ का नेकपा एमाले सांसद नारायणप्रसाद मरासिननीलाई हृदयघात भएको छ । बुधबार दिउँसो हृदयघात भएपछि उनलाई पोखरास्थित मणिपाल अस्पताल लगिएको थियो। सामान्य उपचारपछि मरासिनीलाई आज बिहान हेलिकोप्टरबाट काठमाडौ ल्याइएको छ । मरासिनीको काठमाडौ बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?