जंगली हात्तीले घर भत्काउँदा क्षति


उर्लाबारी, मोरङ: मोरङको उर्लाबारी नगरपालिका– १ बस्ने सहरमान तामाङको घरमा गएराति जंगली हात्तीले क्षति प¥ुयाउँदा रु एक लाख ५० हजार बराबरको क्षति भएको छ । हात्तीले टिनको छानो भएको दुईतले घरमा क्षति पु¥याएको छ भने घरभित्र रहेको अन्नपातसमेत खाँदा सो क्षति भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक धनबहादुर अधिकारीले जानकारी दिनुभयो । हात्तीलाई स्थानीयवासीको सहयोगमा जंगलतर्फ नै लखेटिएको प्रहरीले जनाएको छ । जंगलबाट आएको हात्ती बस्तीमा पस्दा रातभर सो वडाका बासिन्दा आतंकित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?