काठमाडौंको तापक्रम शून्य डिग्रीमा झ¥यो, जाडो अझै बढ्ने


काठमाडौंः काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको छ । सन् २०१० पछि काठमाडौंको तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म रहेकोे थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान काठमाडौंको तापक्रम शून्य डिग्री मापन भएको छ । तापक्रम घट्नुको साथै काठमाडौंमा निकै चिसो महसुस भएको छ । यो अझै जाडो केही दिन बढ्ने सम्भावना छ ।
महाशाखाका अनुसार, आकाशमा बादल नहुँदा र घाम नलाग्दा काठमाडौंको चिसो सन् २०१० पछिकै सबैभन्दा धेरै  हो । उत्तर–पश्चिम वायु चलिरहेकाले अबको २–३ दिन काठमाडौंको न्यूनतम तापक्रम शून्यकै वरिपरि रहने प्रक्षेपण छ । महाशाखाका अनुसार, काठमाडौंमा सन् १९७८ मा अहिलेसम्मकै कम माइनस ३.५ डिग्री तापक्रम मापन भएको थियो । काठमाडौंको तापक्रम सन् १९७८ पछि सन् २००० मा माइनस ३ मापन भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार, सबैभन्दा चिसो जुम्लामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?