उत्तरपूर्वी भारतमा ६ रिक्टरस्केलको भूकम्प


नयाँ दिल्ली: भारतको उत्तरपूर्वी राज्य मणिपुरमा आइतबार ६.० रिक्टर स्केलको भूकम्प गएको आइतबार अधिकारीहरूले जानकारी दिएका छन् ।
भारतीय मौसम विज्ञानसम्बन्धी अधिकारीहरूका अनुसार स्थानीय समयाअनुसार आइतबार मध्याह्न १२ः१७ बजे सो भूकम्प गएको थियो ।
भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै ३५ किलोमिटर गहिराईमा सो भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ । सो भूकम्पको कम्पन प्रान्तीय राजधानी इम्फालसम्म पनि महसूस गरिएको बताइएको छ ।
यद्यपि यस भूकम्पबाट हालसम्म मानवीय र सम्पत्तिको क्षतिको भने विवरण प्राप्त नभएको जनाइएको छ ।
सन् २०१६ मणिपुर र आसपासको इलाकामा गएको ६.७ रिक्टर स्केलको भूकम्पमा परी कम्ती आठ व्यक्तिको मृत्यु हुनुका साथै अन्य एक सयभन्दा बढी घर ध्वस्त भएको थियो । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?