प्रदेशको अस्थायी राजधानी तोक्न सरकारलाई राष्ट्रपतिको सुझाव


काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशहरूको अस्थायी राजधानी तोकेर अगाडि बढ्न सरकारलाई सुझाव दिएकी छन्। सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा राष्ट्रपतिले प्रदेशहरूको अस्थायी राजधानी तोक्न सुझाव दिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
भेटमा प्रदेश प्रमुखको नियुक्ति र माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनको विषयमा पनि छलफल भएको अधिकारीले जानकारी दिए। प्रधानमन्त्री देउवा प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामको सम्बन्धमा जानकारी गराउन राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए। सरकारले भने काठमाडौंमा नै बोलाएर प्रदेशसभा सदस्यको सपथग्रहण गर्ने तयारी गरिरहेको छ। यस अघि वाम गठबन्धनले सहमति नदिएको र विभिन्न ठाउँमा आन्दोलन भएको भन्दै सरकारले अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने तयारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?