भाइरल ज्वरोबाट बालकको मृत्यु


जाजरकोट: यहाँको जुनीचाँदे–२ का रामबहादुर नेपालीका दुई महिने छोरो भूपेन्द्र नेपालीको आज बिहान मृत्यु भएको छ । स्थानीय मुक्ति शर्माले दिएको जानकारीअनुसार उपचार गर्दागर्दै नेपालीको मृत्यु भएको हो । भैरव माविमा स्वास्थ्य शिविर राखेको भए पनि त्यो ठाउँ टाढा भएर पुग्न नसकिएको मृतकका परिवारजनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?