चिसोबाट थप एकको मृत्यु


राजविराज पछिलो एक सातायता बढेको शीतलहर तथा चिसोका कारण सप्तरीको सप्तकोशी नगरपालिका–१ आज बिहान स्थानीयवासी ६२ वर्षीय अर्जुन पोखरेलको मृत्यु भएको छ ।
गए राति घरमा सुतिरहेका अवस्थामा चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको सप्तरीका प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको छ ।
यससँगै जिल्लामा चिसोबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ भने प्रहरीले हालसम्म सात जनाको मात्र पुष्टि गरेको छ ।

आगो ताप्दा घाइते 
कृष्णाशवरण गाउँपालिका–२ मा आज आगो ताप्ने क्रममा स्थानीयवासी ३५ वर्षीया सञ्जु मेहता घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आफूले लगाएको सारी जल्दा उनको ढाडदेखि तलको भाग जलेको प्रहरीबाट थाहा भएको छ । घाइते मेहतालाई सगरमाथा अञ्चल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?