दुर्घटनामा परी दुईको मृत्यु


नवलपरासी: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका– ११ जमुवाडमा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
परासीबाट भूमहीतर्फ जाँदै गरेको लु१ख ९२३६ नंको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९२४५ नंको ट्रक एकापसमा ठक्कर खाँदा सो दुर्घटना हुँदा अन्य छ जना घाइते भएका छन् ।
दुर्घटनामा परी बसका सहचालक नवलपरासी रामग्राम–५ बस्ने २६ वर्षीय जीतेन्द्रकुमार पाण्डे र बसमा सवार नवलपरासी रामग्राम–२ बस्ने ३५ वर्षीय अरविन्द्र ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका ठाकुरको जिल्ला पृथ्वीचन्द्र अस्पताल र पाण्डेको रामनगर सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?