राप्रपाको उदेक लाग्दो ठहर


हिमाली उपाध्याय
राष्ट्रिय राजनीतिमा यति खेर अचम्म अचम्मका उदेकलाग्दा समाचार टिप्पणी र ठहरहरु सार्वजनिक भइरहेका छन् ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले उपराष्ट्रपति या राजदूत पदको ग्यारेन्टी न पाएका कारण माओवादी (केन्द्र) र एमालेले भनेको जसरी परिणाम सार्वजनिक न गरेका हुन भन्ने मिडियामा आएको समाचारलाई पनि त्यस्तै उदेकलाग्दो रुपमा लिन सकिन्छ ।
तथ्यमा यस्तो समाचार बेकारको समयमा टाइम पास गर्न नचाहिने कुरा गरेका मात्र हुन भन्दा केही फरक पर्दैन । किन भने निर्वाचन परिणाम यथा समय सार्वजनिक गर्नबाट रोक्न सक्ने कुनै प्रावधान निर्वाचन आयोग र त्यसका प्रमुखलाई कतैबाट पनि सम्भव हुन्न । उपराष्ट्रपति या राजदूतको पद चाहना राखिरहेका विद्वान डाक्टर साहेव व्यक्तित्व यादवलाई यति सामान्य तथ्य पनि हेक्का न भएर वार्गेनिङ गरिरहेका भनेर ठान्न सकिन्न । जसले डा. यादवलाई यति मुर्ख चित्रण गरिरहेका छन्, तथ्यमा महामूर्खत आफै भइरहेका छन् । अविश्सनीय र उदेक लाग्दा यस्ता समाचारहरुमा कतिपय नभएका भन्ने पनि होइन । पछिल्लो राष्ट्रिय प्रजातन्त्र पार्टी (कमल थापा) को केन्द्रीय कार्य समितिको चुनावी समिक्षा बैठकको नेपाली कांग्रेससँगको गठबन्धनका कारण पराजय बेहोर्नु परेको ठहरलाई भएकै कुरो तर अचम्म र उदेक लाग्दो ठान्नु पर्ने हुन्छ ।
निर्वाचन सम्पन्न भएर वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । तर विभिन्न संवैधानिक चरणहरु पार गर्दै सरकार परिवर्तन झण्डै फागुनको पहिलो सातासम्म पुग्ने देखिएपछि पार्टीहरुले ठोस काम केही भेटेका छैनन् । सरकारमा भएका मन्त्रीहरुलाई त एक थरि हारेका या जितेर पनि फेरि मन्त्री हुन पाइदैन भन्ने लागेकाहरुलाई शास फेर्ने फुसर्द पनि नभएर भ्याइ न भ्याइ भएको होला । लुतटन्त्र र मनपरितन्त्रमा त नेपालको राज्यसत्ताले सबै हद पार गरिसकेको छ । पूर्व सभामुख तारानाथ रानाभाटलाई ७० लाख र पूर्व प्रधानमन्त्री तुलसी गिरीलाई २५ लाख राज्यकोषबाट दिइएकोमा कतैबाट माओवादी केन्द्र र एमालेबाट पनि कतै एक शब्द चुँ नबोलिएको बाट यही तथ्य प्रमाणित हुन्छ । नेपाली राज्यसत्तामा नेपाली जनताको रगत र पशिनाबाट आर्जित राष्ट्रिय ढुकुटीमा सत्ताधारी वर्गले आफै गोजी ठानेर हात साफ गर्ने विकृतिलाई ‘संस्कृति’ बनाइएको गिरि भाट जस्तै यस्ता धेरै उदाहरणहरु छन् । रानाभाटका बारेमा उनी दुई छाक खान नपुग्ने भएर उपचार खर्च लिएका हुन कि आफूलाई त्यति थाहा भएन । तर तुलसी गिरीका बारेमा भने उनकोठूलो शौख भनेको नयाँ नयाँ कार किन्ने रहेको कतै पढेकी थिएँ । मधेशका बाढी पीडित र पहाडका भूकम्पपीडितले सिटामोल न पाएर ज्यान गुमाइ रहेका पृष्ठभूमिमा त्यसरी डा. तुलसी गिरिले २५ लाख लिइदिनु कतैबाट पनि औचित्य पुष्टि हुँदैन ।
बहुमत सिद्ध भएर पनि सरकार परिर्वतन प्रक्रिया पूरा हुन झन्डै दुई महिना ढिला हुने भएबाट पार्टीहरुले काम नपाएका सन्दर्भमा यति कुरा आएका हुन् । पार्टीहरुले भने यो फुर्सदको समयमा आफ्ना केन्द्रीय समितिहरु बोलाएर समीक्षा बैठकमा आफूलाई सक्रिय तुल्याएका छन् । यस मेसोमा नेपाली कांग्रेसले पनि आफ्नो समीक्षा बैठक सम्पन्न गरिकेको छ । ‘जनताले मत न दिएर पार्टी पराजित भएको’ कांग्रेस कार्य समिति समिक्षा बैठकको ठहरलाई अन्यथा लिनु परेन । जनताले मत नदिएर कांग्रेस पराजित भएको सही कुरो हो । अत्यधिक बहुमतले सरकार चलाउने हैसियतमा पुगेको वामगठबन्धनका माओवादी केन्द्र र एमालेको पनि केन्द्रीय कार्य समितिको समिक्षा बैठकहरु सम्पन्न भइ सकेका छन् । पार्टी एकीकरणको मुद्दा अब पार्टी भित्रमात्र सिमित न भएर आम जनताको समेत मुद्दा बनिसकेको भन्ने उनीहरुका बैठकका निचोडलाई राजनीतिक संगत नै मान्नु पर्ने हुन्छ । मधेशवादी दल राजपाको समिक्षा बैठकले गरेको प्रधानमन्त्रीमा खड्ग खोली भन्दा करमेड प्रचण्ड अनुकुल हुने निर्णयलाई पनि अन्यथा लिने कुरा भएन । उनीहरुको विगत अनुभवले त्यस्तो निष्कर्ष निकाल्न आधार भएको हुनसक्छ । यहाँ आश्चर्य र उदेक लाग्दो टिप्पणी गर्न खोजिएको चाहिं राप्रपा (कमल थापा) को केन्द्रीय समिक्षा बैठकको निर्णयलाई लिएर हो ।
नेपाली कांग्रेस जस्तो पुरानो प्रजातान्त्रिक पार्टीसँग गठबन्धन गरेका कारण चुनावमा पराजय बेहोर्नु परेको सो पार्टीको ठहर चाहिं वास्तवमै उदेक लाग्दो छ । ०५१ को मध्यावधि यताका हरेक सत्ताका फोहोरी खेलमा सामेल हुँदै आएका कमल थापाले नेपाली कांग्रेस पार्टीप्रति यस हदसम्मको अवमूल्यन गर्नु निर्लज्जता र असहिष्णुताको पराकाष्टा हो । अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?