डा. केसी विरुद्धको मुद्दामा बहस जारी


काठमाडौंः डा. गोविन्द केसीविरुद्ध दायर अदालत अवहेलना मुद्दामा बहस भइरहेको छ। केसी विरुद्ध दायर मुद्दामाथि न्यायाधीशहरू बमकुमार श्रेष्ठ र पुरुषोत्तम भण्डारीको इजलासमा बहस सुरु भएको हो। सर्वोच्चका तर्फबाट बहस भइरहेको छ। वरिष्ठ अधिवक्ता श्याम खरेल, मनकुमार श्रेष्ठ, उपेन्द्रकेशरी न्यौपाने लगायतले बहस गर्दैछन्। सर्वोच्चको तर्फबाट बहस सकिएपछि केसीका कानुन व्यवसायीले बहस गर्नेछन्। दुबैतर्फको बहस सुनिसकेपछि आजै निर्णय सुनाउने तयारीमा सर्वोच्च अदालत छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?