सप्तरीमा चिसोबाट थप एक महिलाको मृत्यु


राजविराज: विगत एक सतादेखि पूर्वी तराईमा बढेको चिसोका कारण सप्तरीको सुरुङ्गा नगरपालिका–११ मा आज साँझ एक महिलाको मृत्यु भएको छ ।
स्थानीयवासी ६५ वर्षीया दुर्गीदेवी चौधरीको अत्यधिक चिसोका कारण मृत्यु भएको सप्तरीका प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो ।
शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याई थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो सँगै सप्तरी जिल्लामा चिसोबाट मुत्यु हुने सङ्ख्या २० पुगेको छ तर प्रहरीले आठ जनाको मात्र पुष्टि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?