प्रधानन्यायाधीशले आफ्नो बेञ्चमा मुद्दा राखेनन्


काठमाडौ: डा. गोविन्द केसीविरुद्ध मानहानीको मुद्दामा उमेर र शैक्षिक प्रमाणपत्रको आधिकारिकता विवादमा तानिएका प्रधानन्यायाधीश गोपाल पराजुलीले शुक्रवार आफ्नो बेञ्चमा कुनै पनि मुद्दा राखेका छैनन् ।
सर्वोच्च अदालतको शुक्रवारको पेशी सूचीमा प्रधानन्यायाधीशको बेञ्चमा कुनै पनि मुद्दा परेका छैनन् । सामान्यतः मुद्दाको पेशी प्रधान न्यायाधीशले नै तोक्ने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?