माओवादी मन्त्रीले सरकार छोडे


काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले विना विभागीय बनाइदिएको आज ४ महिनापछि माओवादीका मन्त्रीहरूले राजीनामा दिएका छन्।
माओवादी केन्द्र र नेकपा एमालेबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरूलाई बिना विभागीय बनाएका थिए । बिना विभागीय भएपनि अहिलेसम्म राजीनामा नदिएका माओवादी मन्त्रीहरूले आज प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन्। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुनिश्चितताको लागि भन्दै बिना विभागीय भएपनि माओवादी मन्त्री सरकारमा बसिरहेका थिए।
प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएर सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी नेता गिरिराज मणी पोखरेलले भने, ‘हामीले प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएका छौँ, उहाँले पनि पत्र बुझ्दै धन्यवाद भन्नुभयो’ साथै उनले बिना विभागीय भएदेखिको पारिश्रमिक पनि नलिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?